तराईमा अपराध बढ्न थालेपछि व्यवसायीसँग छलफल

taraiपर्सा । तराईका जिल्लामा अपहरण, फिरौती, चन्दा आतंक जस्ता आपराधिक घट्ना बढ्न थालेपछि गृहमन्त्री शक्तिबहादुर बस्नेत सहित सुरक्षा निकायका प्रमुखहरुले उद्योगी तथा व्यवसायीहरुसँग छलफल गरेका छन् ।   सोमबार वीरगंजमा स्थानीय उद्योग व्यवसायीबीच भएको सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा मन्त्री  बस्नेत, गृहसचिव नारायणगोपाल मलेगो, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक दूर्जकुमार राई, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख दिलिप रेग्मी, वीरगंज उद्योग बाणिज्य संघका पदाधिकारीहरु एवं उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

  अन्तरक्रिया कार्यक्रममा व्यवसायी तथा व्यवसायको सुरक्षा, सुरक्षित तवरले व्यवसाय गर्न आवश्यक वातावरण निर्माणका बारेमा  छलफल भएको थियो । नारायणी अंचल अन्तर्गत पर्सा र बारा जिल्लाको शान्ति सुरक्षाको वस्तुस्थिति अवलोकनका क्रममा नेपाल प्रहरीका  महानिरीक्षक अर्यालले शान्ति सुरक्षा सुदृढ बनाई राख्न प्रहरीबाट भएका प्रयास तथा कार्यहरुको स्थलगत जानकारी लिएका थिए  । अंचल प्रहरी कार्यालय नारायणीमा अर्यालले नारायणी अंचल र पर्सा जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कुनै पनि कसुर बाँकी नराख्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित