१२ नेपालीको शव लिन एनएसीको जहाज पठाउने तयारी

[caption id="attachment_22639" align="alignleft" width="1000"]तालिबानी आतंकवादीले आत्मघाती बम बिस्फोट गरेको नेपाली चढेको मिनीबस तालिबानी आतंकवादीले आत्मघाती बम बिस्फोट गरेको नेपाली चढेको मिनीबस[/caption]

काठमाडौं : नेपाल सरकारले अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएका १२ नेपालीको शव लिन नेपाल वायु सेवाको विमान पठाउने तयारी गरेको छ । आक्रमणका क्रममा मारिएका नेपालीको शव लिन नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानीस्तानमा आत्मघाती आक्रमणमा मृत्यु भएका नेपालीको शव लिन निमगको जहाज पठाउन सोमबार नै निर्देशन दिएको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती बम आक्रमणमा १२ नेपाली सहित १४ जनाको मृत्यु भएको थियो भने पाँच नेपाली सहित ९ जना घाइते भएका थिए । घटनाको प्रभावकारी खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवहाक राजदूतलाई सोमबार नै अफगानिस्तान पठाएको छ। पाकिस्तानबाट गएको नेपाली टोलीले अफगानिस्तानमा सबै कानुनी प्रक्रिया पूरा गरेपछि परराष्ट्रमा जानकारी गराउने र त्यसपछि नेपाल वायुसेवा निगममो जहाज मृतकको शव लिन काठमाडौंबाट काबुल जाने तयारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित