गैडाटारमा जंगली हात्तीले केरा माडेर नष्ट
%2520(2)_HGnjYxqfH9_flrujhkb8iilzlbhrdyjuohzsleholjczsfljejel58mnxdudvyicqfkvdts_YqIHcC3sXK_f9zfxm0fraxoowqthccvjvdlbapdm6ptw3ocfybu3xm8t39xqdmgcwfvlpqr.jpg)
रौतहट ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा जंगली हात्तीले आतंक मच्चाएको छ । केही दिनदेखि गैडाटार गाउँ आसपासको क्षेत्रमा जंगली हात्ती देखा परेको हो । बस्ति नजिकमा देखा परेको हात्तीले केरा तथा अन्य बाली खानुको साथै माडेर नष्ट पारिदिएको छ । प्राय दिनँहु हात्तीले दुख दिँदा र बालिनाली नष्ट गर्दा पनि सम्बन्धित निकायले नियन्त्रणमा चासो नदिएको स्थानिय सम्पूर्ण चौहानको आरोप छ ।
हात्तीले पटक–पटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको उनले जानकारी दिए । सो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको चार सय बोट, दीपक गौतमको ८० बोट, सम्पूर्ण चौहानको दुई सय ५५ बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको छ । हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेको उनको भनाइ छ ।
गाँउ नजिकै रातिको समयमा हाति देखा पर्न थालेपछि रातैभर सुत्न समेत नपाएको गाँउलेहरुको गुनासो छ । डिभिजन वन कार्यालय रौतहटले जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
यसअघि हात्तीको आक्रमणबाट मानवीय क्षतिका घटना भएकाले बिहान झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । वन कार्यालयले बिहानीपख निस्कनै पर्ने भए टर्च लाइट बोकेर समूहमा मात्र हिँड्डुल गर्न सुझाव दिएको छ । डिभिजन वन कार्यालय रौतहटका अनुसार पछिल्ला केहि बर्षमा हातिको आक्रमणबाट मानव, घर वा बालिनालीमा क्षति हुँदै आएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_DisaZPSvbC_fhspzyr14us9y7ya6rzqcfmigaipe8geqr9mffihb3ue3opvsu3zpjlrbbwg.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_VpSeIBj8cq_bituxnwm0jmpgsjw9clutzpmi62n4ribejtvwwsd84gwerharbcxqkr6uaia.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_ddWWDfSp22_lp6qz3gw4q1rujydo7thxnew6i2zqprxfbxzlozdwaix72acayrmuobdsbca.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_kavICERZOp_xxhe8lq5v5pywsr8jfarka0gjubsxskxijx9wpxnhrhgo47t99mbynlpvgxa.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_KErWiYS2b0_rzw0mrai6eyvbf0ntagduj1scvidrwnj1ucwgt6jt4hxedyb8nmwdxslcepm.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया