यि हुन ६ महिलालाई बलात्कार गरेर हत्या गर्ने सिरियल किलर

killarकाठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले  २० बर्ष अघी  छ जना महिलालाई बलात्कार गरेर हत्या गर्ने प्रेम भन्ने मानबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ। बारा डुमरवाना ६ का प्रेम भन्ने मानबहादुर बुढाथोकीलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ । भारतको नोयडामा लुकेर बसको अवस्थामा सिआइबीले उनलाई पक्राउ गरेको हो। बुढाथोकीलाई भारतीय सुरक्षाकर्मीले नेपाल प्रहरीको सिआइबी टोलीलाई हस्तान्तरण गरेका हुन्।  उनले महोत्तरी बर्दिबासकी एक अशक्त महिला गोठालो गएका बेला करणी गरेका थिए। पछि सागरनाथ जंगलमा उनले हत्या गरेर फालेका थिए। साथै उनले २०५२ सालतिर धनुषा, महोत्तरीका महिलाहरुलाई बलात्कार गरेर हत्या नै गरेका थिए। माइति जान लागेका महिला र गोठालो गएका महिलालाई उनले बलात्कार गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ। उनले प्रहरी सामु ३२ जना महिलालाई करणी गरेको स्विकारेका छन् ।

सिआइबीले जारी गरेको घटना विवरण :

- २०५२साल फागुन २४ गते जिल्ला धनुषा बेगाडाबर गाबिस बडहरी बजारबाट जमुना गाउँतर्फ जान लाग्दा बाटो बीचको चौरीमा सांझ ७ बजे तिर एउटा हातमा झोला र एउटा हातमा ग्यालेन बोकेकी,सारी र ब्लाउज लगाएकी आफ्नो माईति घर बाट आउदै गरेकी स्थानिय एक महिलालाई जबरजस्ती करणी पश्चात घांटी थिची हत्या गरेको । - २०५२ साल चैत्र २३ गते अन्दाजी ३र४ बजे तिर धनुषा जिल्लाको ढल्केवर देखि उत्तर तर्फ दमार जंगलबाट ढल्केवर जाने गोरेटो नजिकै निलो चोली, बुट्टा भएको कुर्था र कलेजी रङको सल लगाएको बाख्रा लिएर आएकी १७ बर्षीया स्थानिय एक किशोरिलाई करणी गर्ने मनसायले समातेर जंगल तर्फ लैजादै गर्दा मानिस बोलेको जस्तो लागी करणी गर्न नसकी घांटी थिची हत्या गरेकोमा ऐ। २६ मात्र शव फेला पारी आवश्यक कानूनी प्रक्रिया पुरा गरिएको । - २०५३ साल जेष्ठ ६ गते दिउसो अन्दाजी ३र४ बजेको समयमा धनुषा जिल्लाको ढल्केवर देखि पूर्व तर्फ रहेको जंगलमा बाख्रा चराएर आउदै गरेको, कालो रङको हाफ ब्लाउज, गुलावी पहेलो रङको साडी र दुवै हातमा चांदीको बाला, नाकमा फुली लगाएकी, बर्ष ६१ की स्थानिय महिलालाई गोरेटो देखि पश्चिम तर्फ घिसार्दै लगि घांटी थिची मारे पछि सेतो रङको गम्छाले घांटी बांधी छाडी दिएको । - २०५३ साल असार महिनाको अन्ततिर शनिबारको दिन महोत्तरी जिल्लाको बर्दिबासबाट पश्चिम तर्फ बनपाले अफिस निर जंगलमा पात टिप्न लागेकी २५र२६ बर्षकी महिलालाई जबरजस्ती समातेर लगी जंगलमा भएको ढुगांमा टाउको ठोक्काीउँदा कन्चटबाट रगत बगेर हलचल गर्न छाडेपछि त्यही ठाउमा छाडी भागेको । - २०५३ साल श्रावण महिना अन्दाजी २०र२१ गते विहान ११ बजे धनुषा जिल्लाको लालगढ बजार तर्फ रहेको जंगल हुदै च्यान डांडा तल रहेको सयपत्री खोलामा एक्लै बाख्रा चराईरहेकी हातमा हसिया, छेउमा चप्पल र सालको पात समेत राखेर बसेकी साडी र चोलो लगाएकी महिलालाई घास काट्न भनी हसिया मागी लिई खोला किनार तिर फालिदिई निज महिलालाई घांटी थिची खोलाको बीचमा भएको ढिस्कोको दक्षिण तर्फ लगि जबरजस्ती करणी पश्चाात घांटी थिची हत्या गरी निजको साथमा रहेको हरियो रङको गम्छाले घांटीमा २ फन्को बेरेर छाडी दिएको । - २०५३ साल असार ९गते महोत्तरी जिल्लाको बर्दिबास भन्दा पश्चिम तर्फ रहेको जंगलमा गुलाबी रङको फ्रक, निलो ब्लाउज लगाएकी, बर्ष २० की शारीरिक रुपमा असक्त महिलालाई घाटी थिची करणी गर्न लाग्दा मान्छे आउने डरले दुवै हातले घांटी थिची मारी छाडेको।शव ऐ।१० गते फेला पारिएको। - यी लगायत अन्य ३२ बटा सोहि प्रकृतीबाट जबर्जस्ती करणीका घटनाहरु घटाई फरार रहेको भनी निजले स्वीकार गरेकोले सो सम्बन्धमा यस केन्द्रीय अनुसन्धान व्यूरोले थप अनुसन्धान गर्दै रहेको।

प्रतिक्रिया

सम्बन्धित