नेपाली सवार बसमा आत्मघाती बम बिस्फोट, १४ नेपालीको मृत्यु, ९ घाइते

[caption id="attachment_22639" align="alignleft" width="1000"]तालिबानी आतंकवादीले आत्मघाती बम बिस्फोट गरेको नेपाली चढेको मिनीबस तालिबानी आतंकवादीले आत्मघाती बम बिस्फोट गरेको नेपाली चढेको मिनीबस[/caption]

काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालिबानी आतंकवादीले गरेको आत्मघाती बम बिस्फोटमा परि १४ जना नेपालीको मृत्यु भएको छ । अफगानी गृहमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बिस्फोटमा परी अन्य ५ नेपाली र ४ अफगानी घाइते भएका छन् ।तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान ५ः४० बजे आत्मघाती हमला गरेका थिए । नीजि सुरक्षा गार्डको आवास नजिकै घात लगाएर बसेका आत‌ंकवादीले गार्ड चढेको गाडी आवसको गेटबाट बाहिरिए लगत्तै बिस्फोटन गराएका हुन् । बिस्फोटमा परी उक्त बजारमा रहेका अन्य सर्वसाधारण पनि घाइते भएको उनले जानकारी दिए । तालिबानका प्रवक्ता जबिउल्ला मुजाहिदले ट्वीट गर्दै उक्त हमलाको जिम्मेवारी लिएका छन् । नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम हमला भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले दिएको जानकारी अनुसार पैदल हिड्दै आएका आत्मघाती हमलाकारीले बस रोकिएको अबस्थामा आफुलाई बिष्फोट गराएका थिए । बसमा यात्रा गरिरहेका नेपाली सुरक्षा गार्डसँगै सडकमा यात्रा गरिरहेका पैदलयात्रु पनि घाइते भएको अफगान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित