कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशहरुमा शाखा विस्तार गर्न कठिनाई : कार्यकारी निर्देशक कार्की
काठमाडौं ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशहरुमा शाखा विस्तारमा समस्या भएको बताएका छन् । नागरिक लगानी कोष ३० औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कर्मचारी व्यवस्थापन नभएर शाखा विस्तारमा समस्या आएको भन्दै कर्मचारीहरुको मनोबल उच्च राख्नुपर्ने बताए ।
उनले भने, ‘कर्मचारीको मनोबल उच्च राख्नुपर्छ भन्नेकुरामा यहाँको कार्यकारी निर्देशक, सञ्चालक समिति धेरै नै संवेदनशील रहेको छ । कर्मचारीको मोटिभेसन विना संस्थाले उन्नती प्रगती गर्न सक्दैन भन्ने कुरामा हामी सबै संवेदनशील भएर लागेका छौ । शाखा विस्तारको कुरामा हामीले मधेश प्रदेशमा शाखा विस्तार गर्नुपर्छ भन्ने कुरामा काम गरिरहेका छौ । अलिकति कर्मचारी व्यवस्थापनले हामीलाइ अप्ठ्यारोे पारेको छ । ’
यसको साथै, उनले अनावश्यक बैंक खाताहरु क्रमिकरुपमा घटाउदै गएको पनि बताए । उनले भने, ‘अनावश्यक बैंक खाताहरु क्रमिकरुपमा घटाउदै गएको छौ । नागरिक स्टक डिलरको कुरा हाम्रो सिस्टर अर्गनाइजेसनले व्यवस्थापन गरेका छन् । हाम्रो ५१ प्रतिशत शेयर छ । त्यहाँबाट केही पनि रिटन आउन नसकेको भन्ने कुरा संवेदनशील रुपमा उठाउनु भएको छ ।’
सुनको मूल्य पून : बढ्यो
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का
२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा
प्रतिक्रिया