१३ वर्षदेखि माघेसंक्रान्तिमा खिचडी भोज
जनकपुर ।
माघे संक्रान्तिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि जनकपुरधाममा खिचडी भोज गरिएको छ ।जनकपुरधामको जानकी चोकस्थित अंगराज सर (अरगज्जा) पोखरीको डिलमा खिचडी भोजको आयोजना गरिएको हो । जानकी मन्दिर छेउमा रहेको जानकी चोकका स्थानीय युवा तथा व्यापारीहरुले खिचडी भोजको आयोजना गर्ने गर्छन् ।
भाईचारा र संस्कृतिलाई जोगाउनका लागि विगत १३ वर्षदेखि यस भोजको आयोजना गर्दै आएको स्थानी युवा विरेन्द्र कर्णले बताए । उनेल हरेक धर्म, वर्ग र जातका व्यक्तिलाई एकै ठाउँमा राखेर खिचडी खुवाउने गरेको उनले बताए । खिचडी भोजमा करीब ८०० जनाले यहाँ आएर खाने उनले बताए । भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यूसहितको परिकारको व्यवस्था गरिन्छ । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी तथा समाजसेवीहरुको उपस्थिति रहेको छ ।
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो
विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
प्रतिक्रिया