मेडिकल काउन्सिलको काम सिआईबीले गर्दा चिकित्सक संघको बिरोध

cibnepalकाठमाडौँ। नेपाल चिकित्सक सङ्घले देशका विभिन्न भागमा कार्यरत चिकित्सकलाई गरिएको गिरफ्तारीप्रति ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले आज एक विज्ञप्ती जारी गर्दै राज्यको जिम्मेवार निकायलाई कानुनसम्मत् छानविन गर्ने अधिकार सुरक्षित रहँदारहँदै छानबिनका नाममा चिकित्सक तथा स्वास्थ्य संस्थामाथि असहिष्णुता देखाएको भन्दै आपत्ति व्यक्त गरेको छ ।

सङ्घका महासचिव डा.मुक्तिराम श्रेष्ठले छानविन गर्ने विभिन्न निकाय हुँदापनि कार्यक्षेत्रबाट हत्कडी लगाएर गिरफ्तार गर्नुले चिकित्सा पेसाको अपमान भएको विज्ञप्तिमा उल्लेख गरेका छन्  । विज्ञप्तिमा भनिएको छ, “यस किसिमको कार्यले सर्वसाधारणमा समेत नकारात्मक प्रभाव पारेको छ । कानुनी कारबाहीको नाममा अमानवीय व्यवहार प्रदर्शन नगर्न सरकारलाई आग्रह गर्दछौँ ।'

  शुक्रबार केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले  वीरगंजबाट मात्र ८  र चितवनबाट ३ जना डाक्टर पक्राउ गरेको थियो  । बीरगंजबाट पक्राउ पर्नेहरुमा   कुशराज गिरि, सरोज सिंह, पन्नालाल पटेल, अरुणकुमार गुप्ता, दिनेश साह, रहुल्लाह, इरसाद र निमेषरमण पाल रहेका छन् ।  शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंकामा सिआईबीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउको विरोधमा  नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकलकलेजलगायत वीरगन्ज क्षेत्रमा सञ्चालित सबै अस्पतालहरुले ओपीडी सेवा बन्द गरेका छन् । डाक्टरहरुको  शैक्षिक प्रमाणपत्र नक्कली भए-नभएको छानविन गर्नु पर्ने निकाय मेडिकल काउन्सिल भए पनि काउन्सिल चुप बसेका कारण प्रहरी नै  नियमक र कार्यन्वयन गर्ने जस्तो निकाय बन्दा विरोध गरिएको सङ्घले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित