एनसेल टावरमा आगजनी गर्ने पक्राउ

nceltowerभरतपुर । भरतपुर–६ स्थित धर्मचोकमा गत जेठ ३० गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले एकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव नेतृत्वको नेकपा माओवादीका सचिवालय सदस्यसमेत रहेका पुरन राईलाई पक्राउ गरेको छ ।

पक्राउलगत्तै आगजनीअन्तर्गत मुद्दा चलाइएको चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिए । खोटाङ जिल्ला दिप्लंगा गाविस ९ बस्ने वर्ष ३४ का राईसहितको समूहले एनसेल टावरमा आगजनी गरेको प्रहरीको आरोप छ । आगजनीबाट टावरमा सामान्य क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित