‘सञ्चार क्षेत्रलाई आवश्यकता अनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ’
%2520(3)_NOwbEHWmA9_6vdnhkuvj5l5p4s39xecaksmaq6rjanz54wunnqwnuzkuddqdxttp4rao9jv_pDvEaruoHf_mxubxw2kwd4po765uilrxwykfmd27yxmhgufwmdmz32kidralwakagon1kcx.jpg)
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको आवश्यकता अनुसार संस्थाहरु सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित पूर्वारम्भ कार्यक्रम समापन समारोहमा उनले यो क्षेत्रलाई नयाँपन दिन र मुलुकको आवश्यकता अनुसार संस्थाहरुलाई चलाउनको लागि सञ्चार मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘एकदमै धेरै उठेको कुरा भनेको स्वतन्त्र हुनुपर्छ भन्ने हो । हाम्रो आम सञ्चार, दूरसञ्चार विधेयक पनि आउदैँछ । सबै गरेर यो क्षेत्रलाई अब नयाँपन दिने, जुन खालको शासन प्रणाली स्थापना भएको छ, जुन खालको विज्ञान र प्रविधि विकास भएको छ, मुलुकको आवश्यकता जे छ त्यही अनुसार संस्थाहरुलाई चलाउने हो । त्यो काममा सञ्चार मन्त्रालय प्रतिबद्ध छ । यो काममा सबैको सहयोग आवश्यक हुन्छ ।’
यसको साथै, उनले मुलुकमा अस्थिरता ल्याउने र स्वाभिमान माथि आक्रमण गर्ने प्रयासहरु भईरहेको भन्दै स्वाभिमानको पक्षमा राज्यको स्वामित्व भएको संस्था दरो भएर उभिनु पर्ने बताए । उनले भने, ‘अहिले मुलुकमा सामाजिक सद्भाव कायम गर्ने ठूलो चुनौती छ । मुलुकमा अस्थिरता ल्याउने कोशिस भई रहेको छ । हाम्रो स्वाभिमान माथि आक्रमण गर्ने काम भईरहेको छ । स्वाभिमानको पक्षमा दरो भएर उभिनु पर्छ । नाफाको लागि खुलेका संस्थाहरुले त्यो गर्दैन् । यो राज्यको स्वामित्व भएको संस्थाले गर्नुपर्छ ।’

बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गरौं : उपप्रधानमन्त्री सिंह
_2BiwrFEAmw_cibfii65sy7n622de9wf9viznrr14fghfp7dxfm5xy7diw5jt7xbmjo3evyk_Iay9QvIq8T_rtipvlfqzevjbd4pkej6kzegkhyadzit4jfcfezdsigeu3iisf1tsa1klrlv.jpeg)
कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन
%2520(7)_FcYl4rKavt_dvryqoeywkhxs4srvuryydqnrev8h5qveqjsnufgqolibmr8ffnynfbhhmzs_aVRvVtfrCf_07e6ichjlybdkcgeooz371amvfeyggbqx7dcji2oxzldy6lujxikozi4kzxp.jpg)
जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छ : अध्यक्ष प्रचण्ड
_1BXVav0bIy_g8vykzuqp8ls1rgmtba7ulwh6gxzyr0jazav14cpc2b6unzpohk8sba7u5jc_fKjPDYaVoK_ucvuxebv2xovfqgsk6cfwyd8g504ojl1x1jleqhzd9tn6vg921tpqrl2xs2j.jpg)
व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
_DAxGfnq2RY_ihnoljpl17v88gr3zkqv8bcv0g1gi49gh5mf72bitwek7hc1s0kxnqkrj6hg_quSs0d50tM_kt4k3lyo6wfqkesohgcjzpc2ra1oooy0dsovg1aniph2dt1gmv2jbggqzzb3.jpg)
मुलुक खाली हुने गरि मानिस विदेश गएका छैनन् : मुख्यमन्त्री कार्की
आज दुईवटा संसदीय समितिको बैठक बस्दै
_xto8WfW7ql_ca94wrnzzl1lw3swak1iy8ewwblb5wldhvokubfjsvl9sdoov4d9siokpckm_tmB0w7NRgu_danhhi95z5ykug3ew4weosvp92ca39p0sjtvcfk0wj49oq1uaeufdgvzdko9.jpg)
प्रतिनिधि सभाको बैठक बस्दै, के के छन् कार्यसूची

प्रतिक्रिया