तेस्रो पीएफसी इमर्जिङ आज देखि, चितवनका १६ विद्यालयहरूबीच प्रतिस्पर्धा हुँदै
_3UA29LFUcQ_klwuk8ck3bzo184pxuwnkbvzd8ohmtkcsw6b7snvf8onhsclg4j61fqv42p3_I2g1HfXqzs_xryly13hes8mnhrhaislfsaojuuxvqiqv5cbthbitn8f43bgpyrwyy6hksek.jpg)
चितवन ।
शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आयोजना हुँदै आएको ‘पीएफसी इमर्जिङ् कप – २०८१’ आज देखि शुरु हुदैँ छ । पटिहानी फुटबल क्लबको आयोजनामा माघ ४ देखि १२ गतेसम्म हुने प्रतियोगितामा चितवनका १६ विद्यालयहरूले सहभागिता जनाउँदै छन् । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा हुने उद्घाटन खेल सैनिक आवासीय माध्यमिक विद्यालय र नारायणी माध्यमिक विद्यालयबीच हुनेछ ।
क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगिताको विजेताले १० हजार नगद सहित ३० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री पाउने छन् । यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । अनुशासित टिमलाई ५ हजार बराबरको खेलकुद सामाग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मीडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।
क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाका अनुसार विगतका प्रतियोगिताले स्कुलदेखिनै नयाँ खेलाडीहरूको पहिचान गर्न सफल भएकाले प्रतियोगितालाई निरन्तरता दिएको बताए । उनले क्लबको स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएका बताए । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस अघिका संस्करणहरू निकै उपलब्धिमूलक भएको उनको बुझाई छ । यस अघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । प्रतियोगिताको प्रवद्र्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् ।
_a8PKAg5NM7_dpch8skqpddlv4vkosdoxmcfik05mtmzp8gy7rpj1tentn2dmgq4ukrukax5_ocW62KSnJv_n1y1ejd2foofbnycjy37tb1bmcwknintekkxn65xki2lczj9aqfrwcnnvlbm.jpg)
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
%2520(17)_BBu80p5tiP_lg0xngzqdkwrvq16zuydrxhu0oyxtybwdetrsqiixohq5xdv0j4znpzyt1lv_DxYihFopXi_qoicpjgjsoe6jvl0b2ciuhcokdtn3qaogtvgt02huixclx2set69xeim22sj.jpg)
आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
%2520(21)_WCAmmghGVZ_bxq2faeblvfjripdzgy9rma3rqxmdrrivugij3fkewj566o98prbtpuudh8i_7ilxfo6DYE_hhk3p5q4ichy6hpwnsluoxkq3ormcnln6h62gwpohrdbublfbr8arkpwqfdp.jpg)
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

मौसम पूर्वानुमान : यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_GOIOsxPp2P_9zhkcqpeoldaj3bb4wgzlq6mjnwpegg5becjmjrlkiaryt4eugritxar0o4o.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_Mcrsu7WRo6_pi42jqpe11qbdngyw0kibg5fjlbixcy5pqqdfdfljr86ejt2gzkuxiseh6gb.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_y5Kaxz0hva_rbao9kaxivmabtcnuk1fv07kcyqkcxkfvebkbov9bvdmbyb1ytgxrxyrzkfa.jpg)
प्रतिक्रिया