वाईसीएल नेपाल भक्तपुरले बृहत दन्त परिक्षण शिविर र रक्तदान कार्यक्रम आयोजना गर्ने

भक्तपुर,
योङ कम्युनिस्ट लीग (वाईसीएल) नेपाल भक्तपुर नगरपालिका नगर कमिटीले समाज डेन्टल क्लिनिक र नेपाल रेडक्रस सोसाइटी नवदुर्गा शाखाको सहकार्यमा दन्त परिक्षण शिविर र रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यहि ५ माघ २०८१ शनिबारका दिन भक्तपुर बृहत रक्तदान एबम् दन्त परिक्षण शिविर कार्यक्रम गर्न लागिएको हो। स्थानीय समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा दर्जनौं स्थानीय बासिन्दाले सहभागिता रहने कार्यक्रम आयोजक वाईसीएल नेपाल भक्तपुरले जनाएको छ ।
दन्त परिक्षण शिविरमा समाज डेन्टल क्लिनिकका विशेषज्ञ चिकित्सकहरूद्वारा दाँतसम्बन्धी विभिन्न समस्या पहिचान र परामर्श प्रदान गरिनुका साथै बिभिन्न सामाग्री निशुल्क बितरण गर्ने कार्यक्रमका साथै रक्तदान कार्यक्रममा स्वास्थ्यका लागि रक्तदानको महत्त्वबारे जनचेतना फैलाइने वाईसीएल नेपालका केन्द्रिय सदस्य एबम् भक्तपुर इन्चार्ज नरेश रन्जितले माइन्युज नेपाललाई बताए ।
इन्चार्ज रन्जितका अनुसार यस्तो खालका कार्यक्रमले स्थानीय समुदायको स्वास्थ्य सुधारमा योगदान पुर्याउनुका साथै सामाजिक एकता र सेवाको भावना जगाउने विश्वास गरिएको छ। आयोजकहरूले भविष्यमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
इन्चार्ज रन्जितलका अनुसार यस्तो खालका कार्यक्रमले स्थानीय समुदायको स्वास्थ्य सुधारमा योगदान पुर्याउनुका साथै सामाजिक एकता र सेवाको भावना जगाउने विश्वास गरिएको छ। आयोजकहरूले भविष्यमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

सवारी प्रदुषण चेकजाँच :अधिकांश सवारी साधन प्रदुषण मापदण्ड विपरीत
%2520(7)_nZUKFOY5YE_ccpjcwk37pdbrbqmjktm5jwa3tg2eqg8wpspigxbrttko4fhhs9k2enmntnv_knoqYm7J8O_upq4aha63yma9jjpy5qmlgbn93jpjhktk1kl40dtkmajxrioghsu3jtql1ms.jpg)
फोटोग्राफर चुङ्वा शेर्पाको सम्झनामा पुरस्कार स्थापना गरिने

पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ

आज विश्व रेडियो दिवस मनाइँदै

कस्तो रहला आज देशभरको मौसम ?
_W6ZVl6j9PP_bzpdzl9xo6gwj5owmzlakyvkupk3xsog0ylawnu7rf0dgvmsbdu0xbnyljqn_kvIgVerYxx_bys7keiogusizkc9hkjsfhxyqwrfh4b3aqiboib9lacydkt7rjvhj2kixlrq.png)
स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय
%2520(1)_PpU67UCXXz_idgc4wkirm7uan8aj8fmnrpooornvgmwpnbmerigsngimdg5m4bp4ti20ehl_Cd5fuRCK21_poujzuxhof1sfhjihxytyfjilr1dkqbxahc1prasaj5fbgryxcthl1bfgjo5.jpeg)
अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ
_PebFVjDOpu_nuliyilhfmfcclkhxw7kjkalyc6lrmmiapmdorw40dssa5g65ou9gt43dpar_wndpfNeVVM_m3usssbhdl4pzakrfnnumipfrhsscbaidu4t3nevamye9agkkdka7pm0afxs.jpg)
प्रतिक्रिया