उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री
%2520(12)_K33rF5hS7S_ri1bj1fap1x3jvt7cm4scgnepxxpdpzskzwojpvabmq7vu0yy0emuteircbz_dtNvaY5FBY_thizjh7f6y0oiruyjqg3wnxr1ab3flkmrfjlprg6yzirydgwwakr44ejafy3.jpg)
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरु आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताएका हुन् । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको छ ।
‘हामीसँग आठवटा औद्योगिक क्षेत्रहरु छन् । फलाम खानी र मल कारखाना खोल्दैछौँ । दैलेखमा ग्याँस उत्पादन हुँदैछ । ध्वस्त भएको उद्योगहरुले पुनःजीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपत हुनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ । यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ । देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरुको योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु । तपाईँहरु लगानी गर्नुस्, लगानी खोन्दै अरुलाई खोला दिइरहनु पर्दैन ।’
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलिदो अवस्था बदलिएन भन्नेहरुलाई उत्पादकहरुले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे ।
राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने ससद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जनाए । प्रधानमन्त्री ओलीले आयातित फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गरे । ओलीले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले देशलाई आधुनिकिकरण र विकासको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले भने, ‘इप्पानले अध्यारोबाट उज्यालोतर्फ देशलाई डोर्याउन आफ्नो लगानी गरेको छ । इप्पानले धेरै उपलब्धीहरु हासिल गरेको छ । इप्पानले देश विकासमा पुर्याउनु भएको योगदान धेरै नै महत्वपूर्ण छ । देशलाई एउटा आधुनिकीकरण र विकासको बाटोमा अगाडि बढाउन धेरै भूमिका खेलेको छ ।’

सवारी प्रदुषण चेकजाँच :अधिकांश सवारी साधन प्रदुषण मापदण्ड विपरीत
%2520(7)_nZUKFOY5YE_ccpjcwk37pdbrbqmjktm5jwa3tg2eqg8wpspigxbrttko4fhhs9k2enmntnv_knoqYm7J8O_upq4aha63yma9jjpy5qmlgbn93jpjhktk1kl40dtkmajxrioghsu3jtql1ms.jpg)
फोटोग्राफर चुङ्वा शेर्पाको सम्झनामा पुरस्कार स्थापना गरिने

पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ

आज विश्व रेडियो दिवस मनाइँदै

कस्तो रहला आज देशभरको मौसम ?
_W6ZVl6j9PP_bzpdzl9xo6gwj5owmzlakyvkupk3xsog0ylawnu7rf0dgvmsbdu0xbnyljqn_yPR96q7tLR_b8yusnwutszh5ogejnc0hu73pmqsuoejmal49nabbdtd401cexlx4dfbkxkw.png)
स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय
%2520(1)_PpU67UCXXz_idgc4wkirm7uan8aj8fmnrpooornvgmwpnbmerigsngimdg5m4bp4ti20ehl_Cd5fuRCK21_poujzuxhof1sfhjihxytyfjilr1dkqbxahc1prasaj5fbgryxcthl1bfgjo5.jpeg)
अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ
_PebFVjDOpu_nuliyilhfmfcclkhxw7kjkalyc6lrmmiapmdorw40dssa5g65ou9gt43dpar_wndpfNeVVM_m3usssbhdl4pzakrfnnumipfrhsscbaidu4t3nevamye9agkkdka7pm0afxs.jpg)
प्रतिक्रिया