एसएलसीको नतिजा प्रकाशित, ४ लाख २५ हजारले ११ पढ्न पाउने, विद्यार्थीमा अन्यौलता

slcकाठमाडौं । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । उनीहरु मध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य छन् । यो भनेको १.६ वा सो भन्दा माथि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याएका विद्यार्थीहरुको संख्या हो । ०.८ देखि १.२ सम्म जीपीए ल्याएका ८ हजार र ०.८ जीपीए भएका ११ जनाले भने ११ पढ्न पाउने छैनन् । उनीहरुले टीएसएलसी मात्र पढ्न पाउनेछन् । साथै उनीहरुले कम्तिमा दुई वटा विषयमा पुनः परीक्षा दिएर आफ्नो जीपीएमा सुधार गर्न सक्नेछन् । पुनः परीक्षा साउन १४ देखि २१ गतेसम्म तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । हरेक विषयको प्राप्तांक अंकमा हेर्ने र सोही अनुसार डिभिजन छुट्याउने बानि परेकाहरुलाई यस वर्षको एसएलसी परीक्षाको नतिजाले केहि अन्यौल सिर्जना गरेको छ । मार्कसिटमा पनि कुन विषयमा कति अंक आयो भन्ने छुट्टिदैन । एसएलसी पास भएका विद्यार्थीहरुमा ११ कक्षामा आफूले कुन विषय अध्ययन गर्न पाइन्छ भन्नेमा पनि अन्यौलता छाएको छ । यद्यपी पनिकाले भने जिपिए अनुसार कुन–कुन विषय अध्ययन गर्न पाइन्छ भनेर तोकिसकेको छ । जस्तैः विज्ञान विषय लिएर अध्ययन गर्नका लागि विद्यार्थीहरुले जीपीए दुई ल्याएको हुनुपर्नेछ भने विज्ञान र गणितमा न्यूनतम सि प्लस, अंग्रेजिमा न्यूनतम सि र नेपाली र सामाजिकमा न्यूनतम डि प्लस ल्याएको हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित