नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न आग्रह

काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गरेका छन् । शुक्रबार ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गरेका हुन् ।
मन्त्री पाण्डे नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कुटनैतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको समेत उल्लेख गरे । उनले भने,‘नेपाल र ईयूबीच करीब पाँच दशकअघि कुटनीति सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कुटनैतिक सम्बन्ध रहेको छ । ईयू नेपालको प्रमुख विकास साझेदार हो । हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौं ।’
उनले ईयूको आकाशमा नेपाली एयरलाएन्समाथि लगाइएको प्रतिवन्ध चाडैं फुकुवा गरेर सहयोग गरिदिन समेत अनुरोध गरे । राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिवन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दै नेपालले प्राविधिक रुपमा सक्षम बन्नु पर्नेमा जोड दिए ।
उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताए । राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानविन समितिबारे समेत उच्च सोचका साथ हेरिरहेको बताएका थिए ।
%2520(1)_OAMYZF3zbJ_o64f1tvxwd9kszj5qdurmlksqjmy2ol4votj4wx2vtsoesyvpxxasei91tqm_0NLLuIEPSz_o9oixqrzsmpeflotnnmrdrqxcidfzesapyii8olwnlbwfnwpjxislgq9qyot.jpg)
भ्यालेन्टाइन डे: नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्…
%2520(6)_jp7JHV1d8G_k4cqjkv5sxarvya2i0umr2ajbr6a2vfihvolrfpmcg6jfk134pjgatvaqqiw_s345yZC23P_hpolfzso8yk8ng2aad1jj4pn6ieqv4crdhrhhif3pa1f6uue8mactxnaiymi.jpeg)
मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो ः सांसद कार्की
_Zc2dWmyoA6_e7hs7v7vvwvhmxmwhlpb38hw4fqqaskexrdzfkxiqe1ped9pcsjhzftfvgxn_29CE5sNAP4_sodxes6bpbu0ls460w7hcwvuen7vdi8ic6j9gtrbua3yr6m3sj7zq83foyrr.jpg)
नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल
%2520(23)_B79cOCZopS_jkpmv84sf8yloh3gjmynqhx8cqdbnva1lpq4xm1uxus5ww9ow3gx4o6dejvu_ijSkfe0v3E_a89pcljihuzb8sh3unlgnlohyukiupbair3wjszpvfz4nhjm2sopuzyx7l5v.jpg)
हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्य…
_zbSQKS94M7_yutiov7ly50uluy6qsa3bk3xz14hyqxlwwp4wrtkywieoo03qktxm8vnn9bj_fhAqU9DSDx_a0xnzwx6yqdiij91sdi4irsx5sbpa96qymacjxich9vnpl8dslzayyhgsiao.png)
पोखरा महानगरमा स्थायी भएका एकसय २९ मध्ये जम्मा १९ कर्मचारीको नियुक्ति सदर
_u4ROCQbYQU_xvyr1huia9yjxxa9l7gfttwhv8muooh06xjdtpemrd9wk11bkxgvktjygzs8_1ibYKlPVPQ_qvmlr1lauxl68knsa8nfr11ugr7t4qxvinbbq5nge8o0nmgvl3szjnznpph6.jpg)
प्रतिक्रिया