‘विकास गाउँतिर जाने मान्छेजति सहरतिर आउने परिस्थिति बन्यो’

काठमाडौं ।
पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले विकास गाउँतिर जाने र मानिसजति सहरतिर आउने दुखद् परिस्थिति निर्माण भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘अब के नेपाली बैंक वित्तले सहकारीको नियति भोग्नुपर्ने अवस्था आउँदै हो ?’ पूर्वगभर्नरहरूसँग विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विकास भूगोललाई हो कि जनतालाई हो भन्ने विषयमा पनि सोच्नुपर्ने परिस्थितिहरु निर्माण भएको बताए ।
उनले भने,‘सरकारले विकास र निर्माणको काम गाउँतिर लैजानुपर्छ भनेको छ । फालिएको न्यूनत गाउँ विकास समितिमा पनि ३०–४० करोड भन्दा कम पुगेको छैन् भन्ने छ । रकम पर्याप्त मात्राका गइरहेको छ तर दुःखको कुरा के छ भने विकास गाउँतिर जाने मान्छेजति सहरतिर आउने परिस्थिति बनेको छ ।’ उनले विकास भूगोललाई हो कि जनतालाई हो भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको बताए । त्यस्तै उनले राजनीतिक अस्थिरताको कारणले दिगो रुपमा व्यवसाय गरेर अगाडि बढ्नका निमित्त अनुकुल वातावरण नबनेको बताए ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पूर्वाधार निर्माणमा ढिलाई हुँदा पर्यटन क्षेत्र गतिशिल नभएका कारण आर्थिक अवस्था खस्किएको बताए । उनले व्यापार बढाउने भन्दापनि कर असुल्ने रणनीति गलत भएको बताए ।

सवारी प्रदुषण चेकजाँच :अधिकांश सवारी साधन प्रदुषण मापदण्ड विपरीत
%2520(7)_nZUKFOY5YE_ccpjcwk37pdbrbqmjktm5jwa3tg2eqg8wpspigxbrttko4fhhs9k2enmntnv_knoqYm7J8O_upq4aha63yma9jjpy5qmlgbn93jpjhktk1kl40dtkmajxrioghsu3jtql1ms.jpg)
फोटोग्राफर चुङ्वा शेर्पाको सम्झनामा पुरस्कार स्थापना गरिने

पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ

आज विश्व रेडियो दिवस मनाइँदै

कस्तो रहला आज देशभरको मौसम ?
_W6ZVl6j9PP_bzpdzl9xo6gwj5owmzlakyvkupk3xsog0ylawnu7rf0dgvmsbdu0xbnyljqn_yPR96q7tLR_b8yusnwutszh5ogejnc0hu73pmqsuoejmal49nabbdtd401cexlx4dfbkxkw.png)
स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय
%2520(1)_PpU67UCXXz_idgc4wkirm7uan8aj8fmnrpooornvgmwpnbmerigsngimdg5m4bp4ti20ehl_Cd5fuRCK21_poujzuxhof1sfhjihxytyfjilr1dkqbxahc1prasaj5fbgryxcthl1bfgjo5.jpeg)
अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ
_PebFVjDOpu_nuliyilhfmfcclkhxw7kjkalyc6lrmmiapmdorw40dssa5g65ou9gt43dpar_wndpfNeVVM_m3usssbhdl4pzakrfnnumipfrhsscbaidu4t3nevamye9agkkdka7pm0afxs.jpg)
प्रतिक्रिया