डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटे
_zEjdkkbLOk_8hph432sguq830gpqozk4xtydfrhjttifkape8h9cuor9zd9pcarqflpad0e_NFeB7yR6Mx_95n5bk75avkisfdvlnc2mleezyga9ea2neva9ddrbszw72lv4dxm2waj3qqk.jpg)
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्विर सार्वजनिक गरेकों आरोप लागेका डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । कास्की जिल्ला अदालतका न्यायाधिश शंकरबहादुर राईको इजलासले विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मुद्दामा दिएको आदेश बमोजिम डा. भुसालले अदालतमा ५० हजार रुपैयाँ धरौटी राखेर छुटेका हुन् ।
डा. भुसालले अदालतको आदेश बमोजिम धरौटी बुझाए पनि प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएको र उनको स्वास्थ्य परिक्षण गर्न नजिकैको फिष्टेल अस्पतालमा लगिएको जनाएको छ । उनको स्वास्थ्य परिक्षण गरेपछि उनीविरुद्ध प्रहरीमा अन्य मुद्दा नभएमा हिरासतमुक्त हुने बताइएको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा आजै जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले डा. भुसालविरुद्ध एक लाख जरिवाना र पाँच वर्षको कैद सजायको मागदाबी गर्दै कास्की जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मुद्दा दर्ता गरेको थियो ।
विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजनसमेतमा आँच पु¥याउने, गोपनीयता भङ्ग हुने सामग्री प्रकाशन गरेकाले भुसालमाथि कारबाही हुनुपर्ने माग अभियोजन पत्रमा गरिएको थियो ।
भुसालले विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ को दफा ४७ को उपदफा (१) ले निषेधित कसुर गरेको पुष्टि हुन आएकाले माग दाबी अनुसार आदेश पाउँ भन्दै सरकारी वकिल कार्यालयले अभियोजन पत्र दर्ता गरेको थियो । मुद्दा दर्ता भए पछि आजै भएको थुनछेक बहसमा उनलाई ५० हजार रुपियाँ धरौटी लिएर छाड्न अदालतले आदेश दिएको थियो ।
गत मंसिर २९ गते भुसाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका बेला रवि लामिछानेलाई भेट्न पुगेका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका प्रतिवादी लामिछाने गत पुस ५ गते ६५ लाख धरौटी बुझाएर छुटेका छन् । यसअघि ७ पुसमा पक्राउ गरी त्यसको भोलिपल्ट पोखरा पु¥याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
%2520(1)_OAMYZF3zbJ_o64f1tvxwd9kszj5qdurmlksqjmy2ol4votj4wx2vtsoesyvpxxasei91tqm_0NLLuIEPSz_o9oixqrzsmpeflotnnmrdrqxcidfzesapyii8olwnlbwfnwpjxislgq9qyot.jpg)
भ्यालेन्टाइन डे: नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्…
%2520(6)_jp7JHV1d8G_k4cqjkv5sxarvya2i0umr2ajbr6a2vfihvolrfpmcg6jfk134pjgatvaqqiw_s345yZC23P_hpolfzso8yk8ng2aad1jj4pn6ieqv4crdhrhhif3pa1f6uue8mactxnaiymi.jpeg)
मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो ः सांसद कार्की
_Zc2dWmyoA6_e7hs7v7vvwvhmxmwhlpb38hw4fqqaskexrdzfkxiqe1ped9pcsjhzftfvgxn_29CE5sNAP4_sodxes6bpbu0ls460w7hcwvuen7vdi8ic6j9gtrbua3yr6m3sj7zq83foyrr.jpg)
नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल
%2520(23)_B79cOCZopS_jkpmv84sf8yloh3gjmynqhx8cqdbnva1lpq4xm1uxus5ww9ow3gx4o6dejvu_ijSkfe0v3E_a89pcljihuzb8sh3unlgnlohyukiupbair3wjszpvfz4nhjm2sopuzyx7l5v.jpg)
हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्य…
_zbSQKS94M7_yutiov7ly50uluy6qsa3bk3xz14hyqxlwwp4wrtkywieoo03qktxm8vnn9bj_fhAqU9DSDx_a0xnzwx6yqdiij91sdi4irsx5sbpa96qymacjxich9vnpl8dslzayyhgsiao.png)
पोखरा महानगरमा स्थायी भएका एकसय २९ मध्ये जम्मा १९ कर्मचारीको नियुक्ति सदर
_u4ROCQbYQU_xvyr1huia9yjxxa9l7gfttwhv8muooh06xjdtpemrd9wk11bkxgvktjygzs8_1ibYKlPVPQ_qvmlr1lauxl68knsa8nfr11ugr7t4qxvinbbq5nge8o0nmgvl3szjnznpph6.jpg)
प्रतिक्रिया