प्रहरीकै कारण गौचन हत्याका नाइकेको मनोबल उच्च, दुबईमा पैसा पठाउन भन्दै धम्की

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइकेहरूले विदेशबाट फोन गरी व्यापारीलाई धम्क्याएर रकम असुलिरहेका छन् ।

गिरोहका मुख्य नाइके समीरमानसिंह बस्नेत र लोप्साङ लामाले विदेशबाट फोन गरी धम्क्याइरहेको स्रोत बताउँछ । हत्यामा संलग्न सातजना प्रहरी हिरासतमा छन् ।

उनीहरू सबै घटनाका सहायक अभियुक्त मात्र हुन् । हत्याका मुख्य योजनाकार पक्राउ नपर्दा व्यवसायी थप त्रसित भएका छन् । प्रहरीले योजनाकार समूहका एकजनालाई पनि पक्राउ गरेको छैन ।

प्रहरीले समेत बस्नेत र लामा समूहले गौचनको हत्या गरेको पुष्टि गर्दै प्रतिवेदन सार्वजनिक गरेपछि उनीहरूको मनोबल उच्च भएको छ । सोही कारण उनीहरूले धम्की र असुलीलाई बढाएका छन् । नेपालका ठूला ठेकेदार, सुन व्यवसायी र उद्यमीहरू उनीहरूको निशानामा परेका छन् । प्रहरीले गौचनलाई गोली हान्नेमध्ये राजीव स्याङ्तान एक भएको बताए पनि उनले आफूले गोली चलाएको अस्वीकार गरेका छन् ।

डिङटोन’ लगायत मोबाइल एपमार्फत धम्की शुक्रबार मात्र एक व्यवसायीलाई बस्नेतले फोन गरेर पैसा माग्दै धम्काएका थिए । ‘डिङटोन’ लगायत मोबाइल एपमार्फत व्यापारीहरूलाई फोनमा धम्की आउने गरेको छ । त्यस्ता एपबाट हुने फोनको आइपी ठेगाना तथा सर्भर पत्ता लगाउन कठिन हुने गरेको प्रहरीको भनाइ छ । जस कारण उनीहरूले आतंक फैलाउँदै लगेका छन् ।स्रोतका अनुसार हुन्डीमार्फत दुबईमा पैसा पठाउन भन्दै उनीहरूले व्यापारीलाई धम्काइरहेका छन् । पैसा नदिए गौचनको जस्तै हालत बनाइदिने बताएपछि धेरै व्यापारीले डराएर पैसा पठाइसकेको स्रोतको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।भारतबाट धम्की प्रहरीका अनुसार गिरोहका नाइके बस्नेत, लामा तथा मनोज पुन तीनैजना भारतमा बसेर धम्की र असुली मच्चाउँदै आएका छन् । प्रहरीले अपरिचित नम्बरबाट आएका फोन नउठाउन व्यवसायीलाई आग्रह गरेको छ ।भारतीय प्रहरीको असहयोग मनोज पुनको समूहलाई पक्राउ गर्न प्रहरी दुई वर्षदेखि लागिपरे पनि सफल हुनसकेको छैन । पटकपटक नेपाल प्रहरीको टोली भारत पुगे पनि भारतीय प्रहरीले समेत असहयोग गरेको स्रोत बताउँछ । तीनैजना नाइके इन्टरनेटमार्फत मात्र आफ्नो समूहसँग सम्पर्कमा रहने गर्छन् । भारतीय नागरिकको संरक्षणमा रहेका कारण उनीहरूलाई प्रहरीले पक्राउ गर्नसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित