प्रचण्डले लिए भक्काको स्वाद

बिराटनगर ।  

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड) ले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका छन् । मोरङको बिराटनगर पुगेका प्रचण्डले आज शनिबार बिहान  मर्निङ वाक गर्ने क्रममा  एक महिलाले भक्का बनाउँदै गरेको अवस्थामा पुगेर खाएका हुन् ।

तातो भक्का खाँदै उनले यो निकै स्वादिलो रहेको प्रतीक्रिया दिएका छन् ।उनको साथमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता पनि थिए । राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएको तस्वीर अध्यक्ष प्रचण्डले सामाजिक संजाल फेसबूक मार्फत पोस्ट गरेका छन् । शनिबार दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने समेत उनले जानकारी दिएका छन् ।

मोरङको बस्तीमा अहिले सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन् । यो परिकार पुस–माघको चिसो मौसममा हुरहुरी बाफ उड्ने गरि तातो खाजाका रुपमा भक्का राजवंशी समुदायका महिलाले बनाउने गर्दछन् । भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । यो प्रायः चिया र अचारसँग खाने गरिन्छ । भाक्का पोसिलो, स्वादिलो र आडिलो हुने भएकाले जनमानसमा लोकप्रिय बनिसकेको छ।

झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो मानिन्छ । 
 

प्रतिक्रिया

सम्बन्धित

भ्यालेन्टाइन डे: नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

भ्यालेन्टाइन डे: नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्वर्ण पदक

भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्…

मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो  ः सांसद कार्की

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो  ः सांसद कार्की

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा

हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्य…

पोखरा महानगरमा स्थायी भएका एकसय २९ मध्ये जम्मा १९ कर्मचारीको नियुक्ति सदर

पोखरा महानगरमा स्थायी भएका एकसय २९ मध्ये जम्मा १९ कर्मचारीको नियुक्ति सदर

आजदेखि आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव

आजदेखि आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव