सामूदायिक कुकुरहरुको बन्ध्याकरणको तयारीमा छौ : प्रमुख महर्जन


ललितपुर ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रका सामूदायिक कुकुरहरुको व्यवस्थापनका लागि तयारी सुरु गरिएको बताएका छन् । महर्जनले यही वर्षबाट सामूदायिक कुकुर बन्ध्याकरणको लागि टेन्डर आह्वान गरिसकेको समेत जानकारी दिए । 

केनेल क्लब अफ नेपालले बाइरो प्रेसेन्त्स तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शोकोका अवसरमा उनले कुकुरहरुको व्यवस्थापन जरुरी रहेको बताएका हुन् । उनले भने, ‘ललितपुर महानगरपालिकाले सामुदायिक कुकुरहरुको बारेमा केही व्यवस्थापन गर्नुपर्छ भन्ने लागेको छ । यसमा अध्ययन गरायौं । त्यसबाट एउटा रिपोर्ट आएको छ । त्यो रिपोर्ट अनुसार ९ हजार ९ सय ४४ वटा सामुदायिक कुकुरहरु ललितपुर महानगरपालिकामा रहेछ । यसको व्यवस्थापन गर्न गार्हो पर्ने कुरा हो । तसर्थ पनि यही वर्षबाट सामुदायिक कुकुर बन्ध्याकरणको लागि हालै टेन्डर आह्वान गरिसकेका छौ ।’ 

यसको साथै, उनले ललितपुरमा आयोजना भएको डग शोका सबै आयोजकलाई धन्यवाद दिदैँ अर्को पटक पनि ललितपुर महानगरपालिकामै कार्यक्रम गर्ने हो भने सहकार्य गर्ने बताए । शनिबार ललितपुर जाउलाखेल फुटबल ग्राउण्डमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
 

प्रतिक्रिया

सम्बन्धित

भ्यालेन्टाइन डे: नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

भ्यालेन्टाइन डे: नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्वर्ण पदक

भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्…

मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो  ः सांसद कार्की

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो  ः सांसद कार्की

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा

हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्य…

पोखरा महानगरमा स्थायी भएका एकसय २९ मध्ये जम्मा १९ कर्मचारीको नियुक्ति सदर

पोखरा महानगरमा स्थायी भएका एकसय २९ मध्ये जम्मा १९ कर्मचारीको नियुक्ति सदर

आजदेखि आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव

आजदेखि आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव