कुमालेहरूलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ
%2520(3)_R3CMlN4PDf_k9wqeya8ffsbfz66v2gqls06mw3eskiofxblapn3mjdva3mwejbcsmprdmvm_xi7q7NQB1c_5xxcztjcyesefx2vtdn1awivvq9skle48ehwfi6undtykj9kuozt9uejq2ox.jpeg)
रौतहट ।
विद्याकी देवी सरस्वतीको पूजा नजिकिँदै जाँदा रौतहटमा कुमालेहरू मूर्ति बनाउन व्यस्त देखिएका छन् ।सरस्वती पूजामा सरस्वतीको मूर्ति आवश्यक पर्ने भएकाले सदरमुकाम गौरका विभिन्न ठाउँमा सरस्वती माताको मूर्ति बनाउन अहिले कालीगढहरु सक्रिय छन् । हिन्दु परम्परा अनुसार माता सरस्वतीको पूजा गर्न अधिकांश सामुदायिक, निजी विद्यालय तथा शैक्षिक संघसंस्थाले मूर्ति नै स्थापना गरी पूजा अर्चना गर्ने गर्दछन् । सरस्वतीको मूर्ति बाँस, पराल, माटो र रंगको संयोजन गरेर बनाउने गरिन्छ।सरस्वती पूजा धार्मिक परम्परा भए पनि त्यसभित्र ठूलो व्यवसाय लुकेको मूर्तिकारहरु बताउँछन् ।
यो समयमा मूर्तिबाट राम्रो आम्दानी लिने गरेको गौरका मूर्तिकार शिव कुमार पण्डितले बताए । एउटा सरस्वतीको मूर्तिको पाँच हजारदेखि १५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनले जानकारी दिए । सरस्वती पूजाको अवधिभरमा करीब एकलाख ५० हजार भन्दा बढी रुपैयाँसम्मको आम्दानी गर्ने गरेको उनले बताए । आफुले आकर्षक मुर्ति बनाउने गरेका कारण अहिले विभिन्न बिद्यालयबाट अर्डर आएको उनको भनाइ छ ।
विशेषगरी दुर्गापूजा, विश्वकर्मापूजा, कृष्णजन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग हुने गदछ। यस बर्ष माघ २१ गते सरस्वती पूजा परेको छ ।

सवारी प्रदुषण चेकजाँच :अधिकांश सवारी साधन प्रदुषण मापदण्ड विपरीत
%2520(7)_nZUKFOY5YE_ccpjcwk37pdbrbqmjktm5jwa3tg2eqg8wpspigxbrttko4fhhs9k2enmntnv_knoqYm7J8O_upq4aha63yma9jjpy5qmlgbn93jpjhktk1kl40dtkmajxrioghsu3jtql1ms.jpg)
फोटोग्राफर चुङ्वा शेर्पाको सम्झनामा पुरस्कार स्थापना गरिने

पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ

आज विश्व रेडियो दिवस मनाइँदै

कस्तो रहला आज देशभरको मौसम ?
_W6ZVl6j9PP_bzpdzl9xo6gwj5owmzlakyvkupk3xsog0ylawnu7rf0dgvmsbdu0xbnyljqn_kvIgVerYxx_bys7keiogusizkc9hkjsfhxyqwrfh4b3aqiboib9lacydkt7rjvhj2kixlrq.png)
स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय
%2520(1)_PpU67UCXXz_idgc4wkirm7uan8aj8fmnrpooornvgmwpnbmerigsngimdg5m4bp4ti20ehl_Cd5fuRCK21_poujzuxhof1sfhjihxytyfjilr1dkqbxahc1prasaj5fbgryxcthl1bfgjo5.jpeg)
अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ
_PebFVjDOpu_nuliyilhfmfcclkhxw7kjkalyc6lrmmiapmdorw40dssa5g65ou9gt43dpar_wndpfNeVVM_m3usssbhdl4pzakrfnnumipfrhsscbaidu4t3nevamye9agkkdka7pm0afxs.jpg)
प्रतिक्रिया