कमल र कुन्तीबीच किन किचकिच ?

kamalkuntiकाठमाडौं । धर्मनिरपेक्षतासँग हिन्दू राष्ट्रलाई बिक्री गरेको तथा राजसंस्थालाई चटक्कै भुलेको आरोप खेप्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा दिन प्रतिदिन पार्टीभित्र निरंकुश बन्दै गएको आरोप लागेको छ । आफ्ना पार्टीका नेताहरूलाई धमाधम कारबाही गरेर निस्काशन गरि बिबादमा आएका थापाले स्थानीय राज्यमन्त्री कुन्ती शाहीको पनि अधिकार कटौती गरिदिएका छन् ।

   स्थानीय विकास मन्त्रालयको सबै जिम्मेवारी कुन्तीलाई दिएका थापाले आजकाल मन्त्रालयका सबै फाइल एक–एक गरेर आफैले हेर्ने गरेका छन् । उपप्रधानमन्त्रीसमेत रहेका थापाले परराष्ट्र र स्थानीय विकास मन्त्रालय आफैले सम्हाल्दै आएका छन् ।

  स्थानीय विकास मन्त्रालयमा खासै जान नरुचाउने थापाले आम्दानी हुने फइलहरू परराष्ट्र मन्त्रालयमा मगाएर सदर गर्ने गरेको स्रोतले जनाएको छ । महिनामा दुई पटक आफ्नो गृह जिल्ला दैलेख जाने गरेकी कुन्तीको कार्यशैलीबाट थापा खुसी छैनन् । कुन्ती सरकारी खर्चमा दलबलसहित महिनाको दुई पटकसम्म जिल्ला गएर बस्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने गरेको छ । सुरूका दिनमा थापाले विश्वास मानेर कुन्तीलाई स्थानीय विकास मन्त्रालयको सबै जिम्मेवारी दिएका थिए ।

   अहिले कुन्तीले विश्वासघात गरेको थापाको बुझाई छ । कुन्तीले विश्वासघात गरेको भन्दै भारत भ्रमण जानुभन्दा एक दिन अगाडि थापाले स्थानीय विकास मन्त्रालयका सचिव र सबै सहसचिवहरूलाई निर्देशन दिएका थिए । उनको निर्देशनलाई कसैले पनि नटेरेको आरोप थापाले लगाउने गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले थापाको गृह जिल्ला मकवानपुरका विकास योजनाहरूको रकम कटौती गरिदिएपछि एमालेसँग रिस पोख्न दुईसातासम्म उनी स्थानीय विकास मन्त्रालय गएका थिएनन् । यो चाल पाएपछि एमालेका मन्त्रीहरूले थापालाई फकाउने प्रयास गरेका थिए,यूनाइटेड पोस्टमा समाचार छ   ।

प्रतिक्रिया

सम्बन्धित