सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन : प्रचण्ड
%2520(15)_6IfOpkeWep_lkwgnknvrwpwa9ihkzbrtwpodhpbq6ifmhqunbh5utqdymkedru83hupunal_qvril7bgVa_t0brcc4chwxcfk8nh7aiqw1he0swz33tpq0n5jn5le4ljp3dhxh2lklujfon.jpg)
सुर्खेत ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् । नीतिगत रुपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उनले स्पष्ट गरे ।
यो सरकार बन्नेबेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गर्दै उनले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रस्ट पारे । देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए ।
सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजिएको भन्दै उनले विरोध जनाए । संसदमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुका सट्टा संवैधानिक तथा लोकतान्त्रिक बिधिलाई मिचेर मन्त्रीपरिषद्बाट नमिल्ने काम गरीे दुससाहस भएको भन्दै अध्यक्ष प्रचण्डले विरोध गरे ।
सरकारले संसद अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरुले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद आह्वान गरेको बताए । अब विपक्षी दलहरुले संसदमा जनताका एजेन्डा प्रभावकारीरुपमा र आवश्यक कानुन निर्माणमा जोड दिने जानकारी पनि अध्यक्ष प्रचण्डले गराए ।
यसैबीच अध्यक्ष प्रचण्डले सुर्खेत भेरीगंगाको छिन्चुमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै देशव्यापी पार्टीको पक्षमा जनलहर सिर्जना भएकाले मेहनतका साथ लाग्न निर्देशन दिए । अब पार्टी निरन्तर अभियानमा लाग्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको जानकारी दिंदै उनले फागुनदेखि सिरु जनतासँग माओवादी अभियानलाई प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
त्यस्तै अध्यक्ष प्रचण्डले बर्दियाको बबई पुल क्षेत्रका जनतासित भेटघाट गर्दै मध्यवर्ती क्षेत्रका जनताको समस्या समाधानका लागि संसदमा आवाज उठाउने र आवश्यक कानुन परिमार्जन गरेर जानुपर्ने बताए ।

बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गरौं : उपप्रधानमन्त्री सिंह
_2BiwrFEAmw_cibfii65sy7n622de9wf9viznrr14fghfp7dxfm5xy7diw5jt7xbmjo3evyk_Iay9QvIq8T_rtipvlfqzevjbd4pkej6kzegkhyadzit4jfcfezdsigeu3iisf1tsa1klrlv.jpeg)
कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन
%2520(7)_FcYl4rKavt_dvryqoeywkhxs4srvuryydqnrev8h5qveqjsnufgqolibmr8ffnynfbhhmzs_aVRvVtfrCf_07e6ichjlybdkcgeooz371amvfeyggbqx7dcji2oxzldy6lujxikozi4kzxp.jpg)
जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छ : अध्यक्ष प्रचण्ड
_1BXVav0bIy_g8vykzuqp8ls1rgmtba7ulwh6gxzyr0jazav14cpc2b6unzpohk8sba7u5jc_fKjPDYaVoK_ucvuxebv2xovfqgsk6cfwyd8g504ojl1x1jleqhzd9tn6vg921tpqrl2xs2j.jpg)
व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
_DAxGfnq2RY_ihnoljpl17v88gr3zkqv8bcv0g1gi49gh5mf72bitwek7hc1s0kxnqkrj6hg_quSs0d50tM_kt4k3lyo6wfqkesohgcjzpc2ra1oooy0dsovg1aniph2dt1gmv2jbggqzzb3.jpg)
मुलुक खाली हुने गरि मानिस विदेश गएका छैनन् : मुख्यमन्त्री कार्की
आज दुईवटा संसदीय समितिको बैठक बस्दै
_xto8WfW7ql_ca94wrnzzl1lw3swak1iy8ewwblb5wldhvokubfjsvl9sdoov4d9siokpckm_tmB0w7NRgu_danhhi95z5ykug3ew4weosvp92ca39p0sjtvcfk0wj49oq1uaeufdgvzdko9.jpg)
प्रतिनिधि सभाको बैठक बस्दै, के के छन् कार्यसूची

प्रतिक्रिया