इक्यान शैक्षिक मेला सम्पन्न

mo2काठमाडौं ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १० औ शैक्षिक मेलाआज सकिँदै छ ।   मेलामा आज पनि बिधार्थी तथा अविभावकको उल्लेख्य सहभागीता रहेको इक्यानले जनाएको छ  । मेलामा राखिएका जम्मा २२५ वटा स्टल र १७ वटा पेभिलिएनमा परामर्श लिने बिधार्थी तथा अविभावकको घुइचो लागेको प्रचार प्रसार बिभाग प्रमुख उमेश ढुंगेलले बताए   ।

    बिधार्थीहरुको गन्तव्य देखाउन मेला फलदाई भएको बताउँदै उनले आफ्नो उदेश्य अनुरुप मेलाले सफल भएको बताए   ।  मेलाको तेश्रो दिन नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले समेत अवलोकन गरेका थिए भने दोश्रो दिन शनिबार विद्यार्थी नेताहरुले पनि अबलोकन गरेका थिए ।

  मेलाको दोस्रो दिन  करिब ५० हजारभन्दा बढि विद्यार्थी तथा अभिभावकले अवलोकन गरेको इक्यानले जनाएको छ  । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, विभिन्न राजनीतिज्ञ तथा शिक्षा क्षेत्रसँग सम्बनिधत व्यक्तिहरुको समेत सहभागिता रहेको दिनमा विद्यार्थीको सहभागिता पनि उत्साहजनक थियो  ।मेलामा विभिन्न देशका बिश्वबिद्यालयका प्रतिनिधिहरु तथा  राष्ट्रिय र अन्तराष्ट्रिय परामर्शदाताहरुका स्टलहरु रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित