चितवनका अबैध कन्सलटेन्सीमा प्रहरी र प्रशासनको कारवाही

niecभरतपुर । कुनै पनि निकायमा दर्ता नभइ चितवनमा सन्चालित एजुकेशन कन्सलटेन्सीमा प्रशासनले कडाइ गरेपछी धमाधम बन्द हुन थालेका छन् । शिक्षा मन्त्रालय अन्तर्गत रहेको शैक्षिक परामर्श एवम् प्रमाणीकरण शाखामा दर्ता नभइ सन्चालन गरिएका कन्सलटेन्सी बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवन र चितवन प्रहरी सकृय भएर लागेका हुन  ।

  जथाभावी शैक्षिक परामर्श केन्द्र खोलेर विद्यार्थी ठगिएको गुनासो आउन थालेपछी  नियन्त्रणका लागि सरकारले निर्देशिका जारी गरेको थियो । समयमै  सञ्चालन स्वीकृतिका लागि  पटक पटक दर्ता हुन ताकेता गरे पनि  दर्ता नहुने त्यस्ता कन्सलटेन्सीलाई कारबाहीको दायरामा ल्याउन लागिएको  चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले बताए ।

 प्रमाणीकरण शाखाले गर्नुपर्ने शैक्षिक संस्थाहरुको अनुगमनको काम प्रशासनले गरिरहेको छ भने  दर्ता भएका मात्र  १२  कन्सलटेन्सी मात्र आधिकारिक छन ।  चितवनमा झन्डै १ सय  शैक्षिक परामर्श संस्थाहरु अवैध छन् ।  विद्यार्थीबाट मोटो रकम असुलिरहेका अबैध शैक्षिक परामर्श संस्थाको खोजी गरी मापदण्डभित्र ल्याउने आफूहरुको प्रयास निरन्तर रहने चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले बताए । प्रशासनले अनुगमन थालेपछि दर्जनौ शैक्षिक परामर्श संस्थाहरु  बन्द भएका छन ।

   चितवनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)  मा आबद्द २९ वटा कन्सलटेन्सी सन्चालित छन । ति  मध्य अधिकाँश कन्सलटेन्सी शिक्षा मन्त्रालयमा दर्ता नै छैनन  । कन्सल्टेन्सीहरुले भने मन्त्रालयमा स्वीकृति लिन जाने क्रममा ढिला सुस्ती भएको भन्दै आफ्नो बचाउ गरेका छन् । चितवनबाट खटाइएको अनुगमन टोलीले सञ्चालनको स्वीकृति नभइ सञ्चालन गरेको भन्दै चार दर्जन बढी एजुकेशन  कन्सल्टेन्सी बन्द गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित