तनहुँमा निर्माणाधीन दुई पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री केसीले गरे अनुगमन


पोखरा ।

वि.स. २०५२ सालमा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १०.१८ किलोमिटर सडक कालोपत्र २०७८ माघ १० गते भित्र सम्पन्न गर्ने गरी एमएस शंकरमाली निर्माण सेवाले विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो । २५ करोड १० लाख ६० हजार रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने भनिएको उक्त सडक हालसम्म ४१ प्रतिशत निर्माण सम्पन्न भएको छ । दुई वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त सडक निर्माण गर्न अहिले आगामी असारसम्म म्याद थप भएको छ ।

यसैगरी गत वर्षको जेठ २० गते निर्माण सम्पन्न भैसक्नुपर्ने शुक्लागण्डकी–५ र ८ स्थित बेलचौतारा–मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको एक स्पान मात्र ढलान भएको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीलेका अनुसार , कामको प्रगति करिव ३० प्रतिशत मात्र छ । 

तर मुल्य अभिवृद्धि सहित १५ करोड ५९ लाख रुपैयामा निर्माण सम्झौता गरेको निर्माण कम्पनी महाविर खिम्ती अञ्जना पराजुली जेभीले हालसम्म आठ करोड १३ लाख रुपियाँ भुक्तानी लिई सकेको छ र काम सम्पन्न गर्न २०८२ मंसिर २० सम्म म्याद थप भएको छ ।
ठेक्का अवधि सकिँदा पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेका यी दुई पुलको बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले अनुगमन गरे र निर्माण व्यवसायीका कारण ढिलाई भएका ती योजनाहरुलाई काममा गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिए ।

त्यस अवसरमा दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष देउ बहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउदै चाडो सम्पन्न गराउन ध्यानाकर्षण गराएका थिए ।

निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रुपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताए । उनले कामदारको संख्या बढाएर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।
 

प्रतिक्रिया

सम्बन्धित

भ्यालेन्टाइन डे: नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

भ्यालेन्टाइन डे: नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्वर्ण पदक

भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्…

मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो  ः सांसद कार्की

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो  ः सांसद कार्की

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा

हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्य…

पोखरा महानगरमा स्थायी भएका एकसय २९ मध्ये जम्मा १९ कर्मचारीको नियुक्ति सदर

पोखरा महानगरमा स्थायी भएका एकसय २९ मध्ये जम्मा १९ कर्मचारीको नियुक्ति सदर

आजदेखि आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव

आजदेखि आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव