मर्निङ ग्लोरी हाइ स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

काठमाडौ,

मर्निङ ग्लोरी हाइ स्कुलका विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियमको अवलोकन भ्रमण गरेका छन् । भोटेबहालमा रहेको यस स्कुलका शिक्षक तथा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियम र थानकोट पार्कको शैक्षिक भ्रमण गरेका  हुन् । 

विद्यालयकी शिक्षिका सन्जु शाहीको नेतृत्वमा गएको विद्यार्थीहरूको समूहले बुधबार म्युजियममा अवलोकन भ्रमण गरेको हो । भ्रमण टोलीमा शिक्षिकाहरू शाक्य तथा अनुशा पौडेल तथा विद्यार्थीहरू सहभागी थिए । 

अवलोकन पश्चात् शाहीले म्युजियम निकै कलात्मक रहेको र अवलोकन भ्रमण निकै रमाइलो भएको प्रतिक्रिया दिइन् । उनले म्युजियममा एड्भेञ्चर महशुस गर्ने अवसर पाएो समेत बताइन् ।

थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि  तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए  । 

प्रतिक्रिया

सम्बन्धित