सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_ZGjByAKPlE_m2ftjexuscpraa3g5oznemrpvsjqqwfzzvgiu1nksxx1ps4flm2vxzoam5rx.jpg)
एजेन्सी ।
अमेरिकामा सेनाको हेलिकप्टर ठोकिएर नदीमा खसेको अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालिएको छ । रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा ६४ जना सवार अमेरिकी विमान दुर्घटनामा परेको र हालसम्म १८ जनाको शव निकालिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
सेनाको हेलिकप्टरमा तीन जना रहेको बताइएको छ । युएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले बुधबार रोनाल्ड रेगन वाशिङटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान हेलिकप्टरसँग ठोक्किएको पुष्टि गरेको हो । विमान धावनमार्गमा पुग्ने क्रममा उक्त घटना भएको बताइएको छ । उक्त विमानमा ६० यात्रु र चार जना चालक दलका सदस्य थिए भने सेनाको ब्ल्याक हक हेलिकप्टरमा तीन जना सैनिक सवार रहेको सीसीटीभीप्लसको समाचारमा उल्लेख छ ।
बुधबार राति ९ बजेतिर यात्रुवाहक विमान र सेनाको हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_uBw5YzACYW_j4mydz8jqpkgfbkr7fdgyfcjtt1jcentb3idj1otzwajkxhgqfoxgpqm23cv.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_YsHPcFFW6K_6eev2ofe8ucfy6wfavxnswekc8ug7ymnbj3fvgtks8iitruyejpexxjdkmmk.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

लेबनानबिरूद्द इजरायलका लागि जासुसी गर्ने दुइ सिरियाली नागरिक पक्राउ

प्रतिक्रिया