एक रुपैंयाँ जरिवाना तोकिएकासहित १८ फरार प्रतिवादी पक्राउ
_cot38uYd9i_slsqekgj6tzqxjo3z7zufmkun5gpcgi8v5i686eno9z7c11jbgybf2sraloc_6eKwlNn9oe_ronb1bpa1pkvazcyx4ccjxeomebjeb7czupi1jdzrn79cvzrk78vubxqjhpn.jpg)
रौतहट ।
रौतहट प्रहरीले एक रुपैंयाँ जरिवाना तोकिएकासहित १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
कुटपिट र जलसाजीका चार जना प्रतिवादी एक रुपैंयाँ जरिवाना तोकिएको रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए । उनका अनुसार कुटपिटका उमा पति देवी, रुद्रल सहनी र जलसाजीका कौशीला देवी कल्वार र सन्तोष कुमारलाई एक रुपैयाँ जरिवाना तोकिएको हो । पक्राउ परेका फरार प्रतिवादीहरुमा लुटपिट, गाली बेइजतीमा सगिरा खातुन र जलसाजीमा आशा देवी भण्डारीलाई रु ६ जरिवाना तोकिएको उनले जानकारी दिए ।
जलसाजीका राम सिहासन साह र साहेब लाल साहलाई रु १० जरिवाना तोकिएको उनको भनाइ छ । किर्तेका गगाजली देवी र कुटपिट लुटपिटका ललीता देवी दासलाई रु ५० जरिवाना तोकिएको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । किर्ते जलसाजीका गणेश महरा चमार, लुट्पिट गाली बेइजतीमा शेख जाकिर , गाली बेइजतीमै जितन राय यादव, प्रभा देवी कुटपिटमा महेन्द्र राय यादव, जग्गा खिचलोमा गेना लाल साह, सिया राम साह र राम नाथ साहलाई पक्राउ गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहातबाट खटिएको टालीले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि रौतहट जिल्ला अदालतमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सवारी प्रदुषण चेकजाँच :अधिकांश सवारी साधन प्रदुषण मापदण्ड विपरीत
%2520(7)_nZUKFOY5YE_ccpjcwk37pdbrbqmjktm5jwa3tg2eqg8wpspigxbrttko4fhhs9k2enmntnv_knoqYm7J8O_upq4aha63yma9jjpy5qmlgbn93jpjhktk1kl40dtkmajxrioghsu3jtql1ms.jpg)
फोटोग्राफर चुङ्वा शेर्पाको सम्झनामा पुरस्कार स्थापना गरिने

पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ

आज विश्व रेडियो दिवस मनाइँदै

कस्तो रहला आज देशभरको मौसम ?
_W6ZVl6j9PP_bzpdzl9xo6gwj5owmzlakyvkupk3xsog0ylawnu7rf0dgvmsbdu0xbnyljqn_kvIgVerYxx_bys7keiogusizkc9hkjsfhxyqwrfh4b3aqiboib9lacydkt7rjvhj2kixlrq.png)
स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय
%2520(1)_PpU67UCXXz_idgc4wkirm7uan8aj8fmnrpooornvgmwpnbmerigsngimdg5m4bp4ti20ehl_Cd5fuRCK21_poujzuxhof1sfhjihxytyfjilr1dkqbxahc1prasaj5fbgryxcthl1bfgjo5.jpeg)
अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ
_PebFVjDOpu_nuliyilhfmfcclkhxw7kjkalyc6lrmmiapmdorw40dssa5g65ou9gt43dpar_wndpfNeVVM_m3usssbhdl4pzakrfnnumipfrhsscbaidu4t3nevamye9agkkdka7pm0afxs.jpg)
प्रतिक्रिया