पाथिभरा केवलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने


काठमाडौं ।

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथिभरा केवलकारको विषयमा देखिएको समस्याबारे वार्ता समिति बनाएर टुङ्गाइने बताएका छन् ।  शुक्रबार बसेको नेपाली काङ्ग्रेस संसदीय दलको बैठकपश्चात पाथिभराको केवलकारको विवादको विषयमा प्रश्नहरु उठेको भन्दै त्यसको लागि गृहमन्त्रीले वार्ता समिति बनाएर सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराएको बताए । 

उनले भने, ‘बैठकमा पाथिभराको केवलकारको विषयमा भइरहेको विवादका विषयमा पनि प्रश्न उठाउनु भयो र गृहमन्त्रीले यो विषय संसदीय व्यवस्था मामिला मन्त्रालय अन्तरगत पर्ने हुनाले मामिला मन्त्रालयको सचिवलाई बोलाएर वार्ता समिति बनाएर यसलाई सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराउनु भएको छ ।’

यसको साथै, उनले बैठकमा आगामी निर्वाचन स्थानीय निर्वाचनभन्दा अगाडि आम निर्वाचन गर्नको लागि व्यवस्था मिलाउन र अध्यादेशको बारेमा कुराहरु उठेको पनि बताए । 
 

प्रतिक्रिया

सम्बन्धित

भ्यालेन्टाइन डे: नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

भ्यालेन्टाइन डे: नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्वर्ण पदक

भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्…

मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो  ः सांसद कार्की

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो  ः सांसद कार्की

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा

हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्य…

पोखरा महानगरमा स्थायी भएका एकसय २९ मध्ये जम्मा १९ कर्मचारीको नियुक्ति सदर

पोखरा महानगरमा स्थायी भएका एकसय २९ मध्ये जम्मा १९ कर्मचारीको नियुक्ति सदर

आजदेखि आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव

आजदेखि आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव