पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँले बढाइएको छ । नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रूपैयाँले बढाएको हो ।
डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ भने हवाई इन्धनमा आन्तरीकतर्फ प्रतिलिटर ६ र अन्तराष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ । पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको नेपाल आयल निगमले जनाएको छ ।

जनप्रेमी वर्ल्ड स्कूलद्वारा स्प्रिङ फेयर २०८१ आयोजना, आर्टशाला नेपालको विशेष सहभ…
%2520(3)_Q0yx4ijwzH_tz9taxctqkjxc3mswphqchspjwbf8n0p69hiynia8ogd05p4cdfync7yergh_kGczvMvbLT_wpqfrdeisxwkmde8zn8pv86bgj5d1icsj4zehxdmem5rmx1z2guxjbfoqqva.jpg)
प्याबसनको नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथग्रहण

नविन ज्योतिका संस्थापक प्रधानाध्यापक महतो राष्ट्रिय शिक्षा सम्मानद्वारा सम्मानित

मैपि सिटी स्कुल मा भव्य STEAM फेस्ट सम्पन्न!
%2520(36)_QDmni4HBzZ_80evlbky9ilagofn1vx7bn4buzy974drseds5nphm1lxyvqz1frwbw1jidqh_zl6TbF2Cqr_ewqj66o7z6ll96vbtvvou1unotnspi2kcm2bzhw2ufx2uzlpfnjdoavr0kzz.jpg)
अक्कल कोपीला फाउन्डेसनबाट विद्यार्थिलाई स्टेशनरी सहयोग
मुगुमा पाइने बहुमूल्य जडीबुटी पछिल्लो समय घट्दो

एनआरएनएको सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न ४६ एनसीसीहरुले गर…

प्रतिक्रिया