स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
रौतहट ।
सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा रौतहट ईशनाथ नगरपालिकाबाट स्रोत नखुलेको करिव साढे १६ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका वडा नं.४ महुलिया स्थित सडक खण्डमा चेकप्वाईन्ट राखेर आवतजावत गर्ने सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल मठियाको टोलीले राजपुर नगरपालिका–४ बस्ने ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट स्रोत खुलाउन नसकेको १६ लाख ४९ हजार २ सय नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३३प९३०८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा रकम बरामद भएको उनले जानकारी दिए । उनका अनुसार सशस्त्र र नेपाल प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा एक करोड बढी स्रोत नखुलेको रकम बरामद गरिसकेको छ ।
पछिल्लो तथ्याङ्ग हेर्दा रौतहटको सिमावर्ति क्षेत्रमा हुण्डी कारोबार मौलाएको देखिन्छ। अवैधानिक मानिएको यस कार्य लुकीछुपी गर्ने समुह नै सक्रिय भएकाले यस तर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानियको माग छ ।
नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य मानिएको छ । हुण्डी कारोबारलाई निरुत्साहित गर्न सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले निगरानी बढाउँदै आएको छ ।
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
प्रतिक्रिया