प्रकाशराज पाण्डेको हिमाल यात्रा : सगरमाथादेखि माउण्ट ओकान्कागुवासम्म
_BH7ZAs9j70_nqdlhnhx3niacpp2sevuhxgxkd4ifq8kxjtctduwvudt6dtvuft84y76qz4v_iiQgjdgqRl_eexsbc7d1oekfausrrojx52osyarvesjzwfrzyxkrzm1cxg63jqpttf86oho.jpg)
रामेछाप ।
रामेछाप बेसीको एउटा गाउँमा जन्मिएको बच्चा ठूलो भएपछि हिमालका टुप्पाहरूमा नाच्दै हिँड्ला भन्ने कसलाई के थाहा ! बेंसी क्षेत्र अर्थात गर्तिरमा जन्मिएको व्यक्ति हिमाल र हिउँमा रमाउँदै विश्वका अग्ला हिमचुचुरामा चहार्दै हिड्ला भन्ने कसले अड्कल गरेको थियो होला र ? गर्तिमा होइन हिमालमा नै जन्मिएकाले पनि आँट्न नसक्ने साहसिक काम आँटेका छन् रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका प्रकाशराज पाण्डेले । विश्वका सातवटै महादेशका सातवटा सबैभन्दा अग्ला चुचुरा आरोहण गर्ने आँट बोकेर हिँडेका छन् प्रकाश ।
आँट मात्र होइन आधा भन्दाबढी काम त फत्ते नै गरिसके । यही फरबरी ६ मा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो माउण्ट ओकान्कागुवा आरोहण गरेपछि प्रकाशले चारवटा महादेशका प्रमुख चार चुचुराको सफल आरोहण गरेका छन् ।
यसअघि पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा, युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस, अफ्रिकाको किलिमञ्जारो आरोहण गरिसकेका छन् । अब उत्तर अमेरिका, अष्ट्रेलिया र एन्टार्टिका महादेशका सर्वोच्च शिखर आरोहण गर्न बाँकी रहेको छ ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका ३४ वर्षीय पाण्डे पाँच दाजुभाइ मध्यका साहिँलो भाइ हुन् । उनकी एक बहिनी पनि छिन् । चार कक्षासम्म गाउँकै विद्यालयमा पढेका प्रकाशलाई अङ्ग्रेजी माध्यममा पढाउन भनि अभिभावकहरूले काठमाडौँ लगेर पढाएका थिए ।
सन् २००७ मा स्काउटको शतवार्षिकीको अवसर पारेर नेपाल सरकारले रसुवाको लाङटाङस्थित उर्गेमा हिमाललाई व्याडेन पावल स्काउट पिक नामकरण ग¥यो । स्काउटको तर्फबाट नरेश महर्जनले २००७ मा सो हिमाल आरोहण गरे । त्यस पछि न त त्यो हिमालको कुनै चर्चा भयो, न कसैले हिमाल चढे ।
स्काउटको नाममा राखिएको हिमालको नाम गुमनाम भएपछि प्रकाशलाई हिमाल चढ्ने इच्छा जाग्यो । २०१६ मा उनी स्काउटको नाममा नामकरण भएको उर्गेमा हिमाल चढ्ने सोचमा पुगे र एकजाना गाइडका साथ स्काउटको तर्फबाट हिमाल चढ्न रसुवा पुगे ।
हिमाल चढ्ने खासै अनुभव नभएकाले पाण्डे दुईवटा ठूला दुर्घटनामा परे । पहिलो हिउँ जमेको खाडलमा उनी फसे । उनका गाइडले उनलाई बचाए । फेरी केही माथि पुगेपछि हिउँमा चिप्लिए, झण्डै ज्यान गएन । त्यहाँ पनि गाइडले बचाए । बालबाल बचेर ५ हजार ८ सय ९० मिटर अग्लो टाकुरोमा पुगे । तर फर्कँदा झण्डैँ अर्को ठुलो दुर्घटनामा परेनन् । उनी र उनको पथप्रदर्शकको टाउको माथिबाट ढुङ्गा झ¥यो । तैपनि उनीहरू बचे ।
त्यसपछि उनले २०१७ मा सोलुको आइल्याण्ड हिमाल आरोहण गरे । २०१८ को मे १६ को बिहान ११ः३० बजे उनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरे । उनले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको समेत सफल आरोहण गरे । पाण्डेले आमादब्लम र आइल्याण्ड पिकको समेत आरोहण गरिसकेका छन् ।
सातवटै महादेशका अग्ला हिमाल चढ्ने अभियान अन्तर्गत २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका प्रकाशले सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जाको सफल आरोहण गरेका थिए ।
एसियाको सगरमाथासहित दक्षिण अमेरिकाको माउण्ट ओकान्कागुवा आरोहण गरेपछि चौथो महादेशको सफल हिमाल आरोहण हो । तर प्रकाशको योजना भने ६ वटा देशका हिमाल चढेपछि फेरी सर्वोच्च शिखरमा पुगेर सबै हिमालमा फहराएको नेपाली झण्डा फहराउने योजना छ ।
हिमाल चढ्ने अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरका बारे विश्व समुदायको ध्यानाकर्षण गराउन यो अभियान सुरु गरेको उनी बताउँछन् । वातावरण परिवर्तनले हिमाललाई पारको प्रभाव रोक्न विश्व समुदायलाई दबाब दिने उनको लक्ष छ ।

पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ
%2520(24)_tOUOSYnJbF_emh6voqrhgbp0kvfzb6ju6omoyg9luwgldytshc4c9mxsemow2akevs4bskm_L3rSvTHRxk_mbudbcowcblz7soj55ecojtcaot345oldvo60iap6dciyeld0d4gncgqib2n.jpg)
चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थ…
_iwDa2G8Is3_udlwgllwlhsxrczwmghjlklp3afd2nijd2hlbq0crocqds79qpwe9isl2wmt_avTamKyCP0_d6fvrgvcoigywyx5tblxchyl2rcxjrxtzmsjotvvcpm23id7tinu7dv5xha4.jpg)
छुरा प्रहार गरी युवकको हत्या
_ZiD5FTMtwV_pici6qh6gskawozyjgnu7j1idhrynrmkpdwnfji9e5l1ekh4lfxolwxoic8g_A5NUgE22YT_xh0sy6zwzfp8tx5sevajocjvok5le5mmuxsphaaq3cpqnxec6c5hypgy2ltd.jpg)
केसी गुटमा सीमित भयो एनआरएनए थाइल्याण्ड सम्मेलन
_a8PKAg5NM7_dpch8skqpddlv4vkosdoxmcfik05mtmzp8gy7rpj1tentn2dmgq4ukrukax5_NRvFM2gRFA_hrsrsnwsazknvagbvrocourfkunuv3xc85rosn5goratm94ei753mjxcxnmi.jpg)
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
%2520(17)_BBu80p5tiP_lg0xngzqdkwrvq16zuydrxhu0oyxtybwdetrsqiixohq5xdv0j4znpzyt1lv_XsUxIAOEET_oonuhxywuvea6kpgccszuamhoe5kecpp2w8lealnlogqycuayjcdntcll9pa.jpg)
आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
%2520(21)_WCAmmghGVZ_bxq2faeblvfjripdzgy9rma3rqxmdrrivugij3fkewj566o98prbtpuudh8i_e70Hu23G9X_t4wutwxioqdafv2or38pybwyx0ukpkrrmf8gdhxdklvx9niejzq72fv8uefa.jpg)
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

प्रतिक्रिया