अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ
%2520(1)_PpU67UCXXz_idgc4wkirm7uan8aj8fmnrpooornvgmwpnbmerigsngimdg5m4bp4ti20ehl_FYJ9DsU3Xq_mcg58jdc4qst6ugo87pk1goehtmtaq3e6bjfhn3nwdvrxh6h6akzgmh4qcxq.jpeg)
काठमाडौं ।
अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका डा.रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र डा. घिमिरेलाई बिदाइ गरिएको हो ।
मन्त्रिपरिषद्को हिजोको बैठकले सचिव उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव डा.घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव उपाध्यायको प्रशासनिक नेतृत्वमा अर्थ मन्त्रालयसँग राष्ट्र र जनताले गरेको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा डा. घिमिरले अर्थतन्त्रलाई अनुशासित र गतिशिल बनाउन इमान्दारीपूर्वक योगदान पुर्याएको उल्लेख गर्दै उनको अनुभव र ज्ञानलाई अर्थ मन्त्रालयले आगामी दिनमा पनि लिने बताए । अर्थ सचिव उपाध्यायले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै राजस्व वृद्धि, पूँजीगत खर्च वृद्धि, अनावश्यक खर्च कटौती, उत्पादन वृद्धि लगायतमा काम गर्दै थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सचिव डा. घिमिरेले विश्वास गरी राजस्व सचिव र अर्थ सचिवको भूमिमा प्रदान गरेकोमा सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपालको अर्थतन्त्रलाई सबल र गतिशिल बनाउन आफूले सदा सहयोग गर्ने बताएका थिए ।

पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ
%2520(24)_tOUOSYnJbF_emh6voqrhgbp0kvfzb6ju6omoyg9luwgldytshc4c9mxsemow2akevs4bskm_L3rSvTHRxk_mbudbcowcblz7soj55ecojtcaot345oldvo60iap6dciyeld0d4gncgqib2n.jpg)
चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थ…
_iwDa2G8Is3_udlwgllwlhsxrczwmghjlklp3afd2nijd2hlbq0crocqds79qpwe9isl2wmt_avTamKyCP0_d6fvrgvcoigywyx5tblxchyl2rcxjrxtzmsjotvvcpm23id7tinu7dv5xha4.jpg)
छुरा प्रहार गरी युवकको हत्या
_ZiD5FTMtwV_pici6qh6gskawozyjgnu7j1idhrynrmkpdwnfji9e5l1ekh4lfxolwxoic8g_A5NUgE22YT_xh0sy6zwzfp8tx5sevajocjvok5le5mmuxsphaaq3cpqnxec6c5hypgy2ltd.jpg)
केसी गुटमा सीमित भयो एनआरएनए थाइल्याण्ड सम्मेलन
_a8PKAg5NM7_dpch8skqpddlv4vkosdoxmcfik05mtmzp8gy7rpj1tentn2dmgq4ukrukax5_NRvFM2gRFA_hrsrsnwsazknvagbvrocourfkunuv3xc85rosn5goratm94ei753mjxcxnmi.jpg)
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
%2520(17)_BBu80p5tiP_lg0xngzqdkwrvq16zuydrxhu0oyxtybwdetrsqiixohq5xdv0j4znpzyt1lv_XsUxIAOEET_oonuhxywuvea6kpgccszuamhoe5kecpp2w8lealnlogqycuayjcdntcll9pa.jpg)
आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
%2520(21)_WCAmmghGVZ_bxq2faeblvfjripdzgy9rma3rqxmdrrivugij3fkewj566o98prbtpuudh8i_e70Hu23G9X_t4wutwxioqdafv2or38pybwyx0ukpkrrmf8gdhxdklvx9niejzq72fv8uefa.jpg)
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

प्रतिक्रिया