‘वसन्त’ को टिजर ‘मिलनको कविता’ सार्वजनिक
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_EB6Z7wI544_bg01dtoqmbxyhif61v9ba3wg7xsk0f9w9epje4x4r6slmxsuuetrhh30m7qp.jpg)
काठमाडौं ।
गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजर मिलनको कवितामा सिनेमाका मुख्य पात्र प्रकाश सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा देख्न सकिन्छ ।
सिनेमाको निर्माण टिमले टिजरलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको छ । सिनेमाको यसअघि सार्वजनिक गीत ‘साँझ पर्यो झमक्क’ले दर्शकमाझ राम्रो हाइट बनाएको छ । सिनेमा आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुँदैछ ।
सिनेमामा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_JNBfKN4pWU_w3artgxkisvcxhe1rk5xw8kwnlbyzx7eebjaopkirj9jkm8c33zxiyp5tune.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_vnCdmoGmPj_heuh0hm60osmqsn97r29gqzrprmpqol7f60flk7q8cutobo8rptlmdjtzhxm.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_tdXxywQIW2_nyfynw7r1ihr4im2ydv6ygu62j0pdc76gzllvqrsdbwlabawmoqfsaualxnx.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
_pDyAinwWYa_ouvdcs333bfdxlezjwlniiudx42fjtn92culbaaw0wamtgna8renyhxup2li_VZX5y1GzHD_ma308mpsetvadsebslxm6rozn2rbsa7faxwluqkatzhknypuzleegfkb7zqf.jpg)
बालेन शाहको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा
_UOUuoypPu1_ksoo3m7dprfytzzq3xxjnzf8nl5vek2jnje79b5at3lxl2aia6fzmkiswitm_c67QNCYX4W_n5e56oznfhht1mi1ywhh6jfcf1slq3yukvgpqixgezzmnghpyj8vleahsk4w.jpg)
छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ बाट सुरु हुँदै
%2520(5)_FPmHAcQvsK_xoqk60k5g8unq7xv386ecwnmjbje78nihmoqm7miqgjuxmb9jyrcxrhtsb7n_ElwUhtJWpu_vhnxdapjxxwrbpasurshz3zgovv0fp34kaxoatwmwohlclryarluslm2mzc2.jpg)
प्रतिक्रिया