व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
_1BXVav0bIy_g8vykzuqp8ls1rgmtba7ulwh6gxzyr0jazav14cpc2b6unzpohk8sba7u5jc_fgANJSQXEz_mcr0eqbnzyhgftfwzqz9tyzlsla028hlakwit9dyradlxvuddhirbji4mniu.jpg)
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले २०५२ सालमा सुरु गरेको सङ्घर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भइनसकेको बताएका छन् । माओवादीले सङ्घर्ष सुरु गरेको ३०औँ वर्षगाँठको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘आजको दिन हामीले के हासिल ग¥यौँ र के गर्न बाँकी छ भन्ने समीक्षाको दिन पनि हो । इतिहासमै पहिलोपटक युगौँदेखि दबाइएका दलित, जनजाति, मधेसी, थारु, महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीवासी लगायत उत्पीडित समुदाय र क्षेत्रसहित आम जनता आफ्ना अधिकारको रक्षाका लागि सङ्घर्षमा होमिए । जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौँ । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौँ ।’
उनले महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन नसकेको, सङ्घीयता अझै संस्थागत भइनसकेको उल्लेख गर्दै समावेशिता साँचो अर्थमा उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन् ।
२०५२ साल फागुन १ गतेलाई नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन भनेर स्मरण गर्दै दाहालले नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन भएको जनाएका छन् ।
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_rRjiEfZBBk_5wb9nnh7ntmb51tlhsgobjhssj5xovq5ged3lrevmwchqnwgaf71bw7roetd.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_xncCUuO2Rm_i7zdeeaqmwgbdrurusbqqtpqmkruynp361gpahwu7obwp5ncq3wu0kpimpq7.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_AUObajmG0u_pnl6hrt6vzjw3toq0hfycpiqhlaz3bujqxtnngk6a8lvotr2jju38vesyixh.jpg)
प्रतिनिधिसभाको बैठक बस्दै
%2520(1)_a6sSKr1w5C_swejjc0ujpexqawestnry0rzz6sic652hyllk5zp8blgioy614ocqte3uqji_HJ6cd76Dxn_zxel2izh5ds5u3sse8kgdl82hledei0wd63feiz9ctzxdzu0ompxjkobcmbu.jpeg)
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
%2520(20)_cLcH58Uuf9_gl7jfbnjxgcuwnefxjrpgt1vqal4fkvfldbh2e7isiukm2qljyvnpdq9jp3r_I4uwYWMEqJ_u2ew8sdzdcimcirljwtdaxbyyizy8yze8q1wxpoqmk1tenyonnszuurxwp5k.jpg)
आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_gD0DPbx6K6_ssgjwpbcka1ikglogfjcjkousqgcqkthgwyfbdudeyr4plquq2aax5grxlje.png)
प्रतिक्रिया