आइटिएफको नक्कली कार्ड बनाउने तेक्वान्दो महासंघको उपाध्यक्ष पक्राउ

trskकाठमाडौं महानगरिय प्रहरी अपराध महाशाखाले इन्टरनेशनल तेक्वान्दो महासंघको उपाध्यक्षलाई पक्राउ गरेको छ । इन्टरनेशनल तेक्वान्दो माहासंघको नक्कली कार्ड बनाई कोरीया पठाईदिने भन्दै ठगी गरेको आरोपमा उपाध्यक्ष चेतन राज गिरी पक्राउ परेका हुन् । गिरी विरुद्ध महाशाखामा उजुरी परेपछि प्रहरीले खोजी कार्य तिव्र बनाएको थियो । गिरी त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् । म्याग्दीका ५३ वर्षिय टेकप्रसाद लामगाडे र दिपक सुनारलाई महासंघको नक्कली कार्ड बनाई कोरीया पठाईदिने भनि क्रमश १ लाख र २ लाख ६० हजार ठगी गरेको भन्दै गिरी विरुद्ध महाशाखामा उजुरी परेको थियो । पक्राउ परेका रग्वी संघको महासचिव समेत रहेका गिरीलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । गिरी यसअघि न्यूजिल्याण्ड, चिन र क्यानडामा भएको तेक्वान्दो वल्र्ड कपमा रेफ्रिको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् । गिरीले यस अघि झापाका राजेन्द्र दवाडीलाई समेत महासंघको नक्कली कार्ड बनाई तेक्वान्दो खेलाडी भन्दै ७ लाख ५० हजार लिई लण्डन पठाएको र पछि नक्कली भन्ने खुलेपछि लण्डन एयरपोर्टबाट नेपाल फर्काइएका दवाडीले समेत महाशाखामा जाहेरी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित