हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा

पोखरा ।

हिमालयन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा गरेको छ । एअरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत् नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ । उसले भनेको छ, ‘यसै मार्चदेखि साप्ताहिक उडान शुरु हुँदैछ । हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस् । अपडेटका लागि प्रतीक्षा गर्नुहोस् ।’ पोखराका मेयर धनराज आचार्यले पोखराबाट ल्हासाका लागि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनु अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा ऐतिहासिक उपलब्धि रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘चिनियाँ सरकारले आफ्ना नागरिकहरूका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ र हामीले मनाउँदै गरेको पोखरा भ्रमण वर्ष २०२५ को सफलताका लागि यो महत्त्वपूर्ण कदम हो । यस अवसरलाई पर्यटन प्रवद्र्धनका लागि सदुपयोग गर्न पर्यटन व्यवसायीहरू, सरोकारवालाहरू तथा सम्पूर्ण पोखरेली जनसमुदायलाई आग्रह गर्दछु ।’

अब उत्तरी छिमेकमा औपचारिक उडान शुरु भएको छ र दक्षिणतर्फ आवश्यक पहल गर्न उनले आग्रह गरेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

बिशेष समारोह सहित क्वालिटी स्कुलको २६ औं बार्षिक कार्यक्रम सम्पन्न

बिशेष समारोह सहित क्वालिटी स्कुलको २६ औं बार्षिक कार्यक्रम सम्पन्न

सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न

सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमिरे

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमि…

नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

सर्लाहीको मलंगवाका अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १९ मा १५ लाई बन्द गर्न निर्देशन

सर्लाहीको मलंगवाका अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १९ मा १५ लाई बन्द गर्न…