मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो  ः सांसद कार्की

काठमाडौं ।

बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आपत्ति प्रकट गरेकी छिन् ।  सांसद कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् । 

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले बुधबार बबरमहलमा  मेलम्ची खानेपानीको पाइप फुटेर बाढी नै आएको प्रसंगलाई जोड्दै गुणस्तरीयहीन काम गर्दाको नजिताका रुपमा पाइप फुटेको बताइन् ।  उनले भनिन्,‘मेलम्ची खानेपानी आयोजना भनेर वर्षौदेखि आज जनतालाई झुक्याइएको अवस्था छ । अर्बौ खर्च भइसकेको छ । अझै प्रोजेक्ट पूर्ण हुनलाई त्यहाँ अर्बौं लाग्छ रे । यही एउटा मेलम्ची देखाएर जनतालाई काकाकुल बनाए झुक्याएर ठगेर बसेको अवस्था छ,’ उनले अगाडि भनिन्,‘निर्माण सम्पन्न भइसकेको भनिएको पाइप विस्तारको काममा पनि फुटेर सडक नै भत्किएर बाढी जाने अवस्था आइसकेको छ ।जिम्मेवार निकायहरु थप जिम्मेवार हुनुपर्यो, त्यसमा गृहकार्य गर्नुपर्यो । यसमा गुणस्तरको काम नै भएन, के कत्तिको पानी फ्लो त्यसले थाम्न सक्छ, यस्तो कुरामा राम्रो अध्ययन हुनुपर्छ ।’

पाइप फुटेपछि पानी बगेर बबरमहल क्षेत्र जलमग्न भएको थियो । बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सरसफाइइसँगै मर्मत सुरु गरिसकेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

बिशेष समारोह सहित क्वालिटी स्कुलको २६ औं बार्षिक कार्यक्रम सम्पन्न

बिशेष समारोह सहित क्वालिटी स्कुलको २६ औं बार्षिक कार्यक्रम सम्पन्न

सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न

सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमिरे

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमि…

नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

सर्लाहीको मलंगवाका अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १९ मा १५ लाई बन्द गर्न निर्देशन

सर्लाहीको मलंगवाका अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १९ मा १५ लाई बन्द गर्न…