फोटोग्राफर चुङ्वा शेर्पाको सम्झनामा पुरस्कार स्थापना गरिने
%2520(7)_nZUKFOY5YE_ccpjcwk37pdbrbqmjktm5jwa3tg2eqg8wpspigxbrttko4fhhs9k2enmntnv_a26aRFuIp0_nsqhvrb4sggceazojiu5radybi6pxscyz0oedhvvtestk3tczv9ffnpfoejy.jpg)
काठमाडौं ।
वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले वन्यजन्तु फोटोग्राफर चुङ्वा शेर्पाको नाममा वन्यजन्तु संरक्षण पुरस्कार वा फोटो प्रतियोगिता स्थापनाको प्रयासमा लाग्ने बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित वन्यजन्तु फोटोग्राफर चुङ्वा शेर्पाको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै उनले शेर्पाको नाममा पुरस्कार र कुनै कार्यक्रमहरु गर्न सकिन्छ भने त्यसमा लाग्ने भन्दै यसले शेर्पाको योगदानलाई सँधै सम्झिरहन मद्दत गर्ने बताए । उनले भने, ‘राज्यले उहाँको योगदानलाई सम्मान गर्दै परिवारजनसँगको समन्वयमा वन्यजन्तु संरक्षण पुरस्कार वा फोटो प्रतियोगिता स्थापना गर्नका लागि प्रयास गर्ने छौ । यसले उहाँको योगदानलाई सधैँ सम्झिरहन मद्दत गर्ने छ ।
उहाँको नाममा पुरस्कार र कुनै कार्यक्रमहरु पनि गर्न सकिन्छ भने हामी गर्ने छौ ।’ यसको साथै, उनले शेर्पाको मार्गदर्शनले धेरै नयाँ पुस्ताका फोटोग्राफरहरुलाई प्रेरित गरेको भन्दै त्यसैले पनि यस क्षेत्रमा उनको योगदान बिर्सिन नसकिने बताए । उनले भने, ‘उहाँले खिचेको उच्च हिमाली क्षेत्रमा पाउने हिमाली याक, हिउँ चितुवा र बाघका तस्बिरहरुले नेपाली पहिचानलाई विश्वमाझ उजागर गरेको थियो र विश्वसामु सकारात्मक सन्देश पनि प्रवाह भएको थियो ।
उहाँको मार्गदर्शनले धेरै नयाँ पुस्ताका फोटोग्राफरहरुलाई प्रेरित गरेको बुझेको छु । त्यसैले पनि यस क्षेत्रमा उहाँको योगदान बिर्सिन नसकिने छ ।’ नेपाल सरकार, मन्त्रालय र व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्दै उनको निधनले परिवारलाई मात्र नभई नेपाल सरकार वन तथा वातावरण मन्त्रालयमा पनि ठूलो क्षति पुगेको उनको भनाई छ ।

पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ
%2520(24)_tOUOSYnJbF_emh6voqrhgbp0kvfzb6ju6omoyg9luwgldytshc4c9mxsemow2akevs4bskm_L3rSvTHRxk_mbudbcowcblz7soj55ecojtcaot345oldvo60iap6dciyeld0d4gncgqib2n.jpg)
चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थ…
_iwDa2G8Is3_udlwgllwlhsxrczwmghjlklp3afd2nijd2hlbq0crocqds79qpwe9isl2wmt_avTamKyCP0_d6fvrgvcoigywyx5tblxchyl2rcxjrxtzmsjotvvcpm23id7tinu7dv5xha4.jpg)
छुरा प्रहार गरी युवकको हत्या
_ZiD5FTMtwV_pici6qh6gskawozyjgnu7j1idhrynrmkpdwnfji9e5l1ekh4lfxolwxoic8g_A5NUgE22YT_xh0sy6zwzfp8tx5sevajocjvok5le5mmuxsphaaq3cpqnxec6c5hypgy2ltd.jpg)
केसी गुटमा सीमित भयो एनआरएनए थाइल्याण्ड सम्मेलन
_a8PKAg5NM7_dpch8skqpddlv4vkosdoxmcfik05mtmzp8gy7rpj1tentn2dmgq4ukrukax5_NRvFM2gRFA_hrsrsnwsazknvagbvrocourfkunuv3xc85rosn5goratm94ei753mjxcxnmi.jpg)
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
%2520(17)_BBu80p5tiP_lg0xngzqdkwrvq16zuydrxhu0oyxtybwdetrsqiixohq5xdv0j4znpzyt1lv_XsUxIAOEET_oonuhxywuvea6kpgccszuamhoe5kecpp2w8lealnlogqycuayjcdntcll9pa.jpg)
आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
%2520(21)_WCAmmghGVZ_bxq2faeblvfjripdzgy9rma3rqxmdrrivugij3fkewj566o98prbtpuudh8i_e70Hu23G9X_t4wutwxioqdafv2or38pybwyx0ukpkrrmf8gdhxdklvx9niejzq72fv8uefa.jpg)
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

प्रतिक्रिया