चालकसहित ट्याक्सीमा आगजनी, साझा यातायात र माइक्रोबस तोडफोड

09062016081635ThapaThali-1000x0पेट्रोल बमसहित बन्द गराउँदै हिड्ने ३३ जना पक्राउ काठमाडौं नेत्रबिक्रम चन्द विप्लब माओवादीले गरेको बन्दका कारण आज उपत्यकालागायतका स्थानको जनजीवन प्रभावित बनेको छ । बन्दकर्ताले आज विहानै चालकसहित ट्याक्सीमा आगजनी गरेका छन् भने साझा यातायात र माइक्रोमा क्षती पु¥याएका छन् । कोटेश्वरदेखि कंलकी जानुपर्ने भन्दै ट्याक्सीमा चढेका दुई जनाले केही पर लगेर आगजनी गरेका हुन् । सुवास परियार चालक रहेको बा१झ ८२०६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो। त्यस्तै बन्द कर्ताले मनमैजुमा एउटा माइक्रोबस तोडफोड गरेका छन् भने त्रिपुरेश्वर नजिक साझा यातायातमा ढुंगा प्रहार गरेका छन् । प्रहरीले बन्द गराउँदै हिँडने दुई जनालाई पेट्रोल बमसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई भक्तपुरबाट पक्राउ गरिएको हो। यता काठमाडौंको विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंका एसएसपी विक्रम सिंह थापाका अनुसार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रीय सभापति योगेन्द्र कुमाल र विष्णुहरि अधिकारीलाई कालिमाटीबाट नियन्त्रणमा लिएको छ। बन्द गराउँदै हिँडेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको थापा बताए। त्यस्तै ललितपुरका एसएसपी पितम्बर अधिकारी अनुसार ललितपुर जिल्लाबाट १२ जनालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित