‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_ZYnXsUfleY_ibg12obefphtdxbvydgjkbguhkzl3w2vmijvkiadcy9ao3pa4j3j8hhs2hnv.jpg)
काठमाडौं ।
‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन ।
जुनसुकै जनरा, कलाकार र निर्देशकका कलाकार आए पनि चलचित्र चलेनन् । प्रदीप खड्का, प्रियंका कार्की, ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्ललगायत स्टारका चलचित्र रिलिज भए पनि सिनेमाले व्यापार राम्रो गर्न सकेनन् ।
मंसिर, पुस र माघको जाडोसँगै सिनेमाको बक्सअफिस चिसियो । गत वैशाखदेखि नेपाली चलचित्र नगरीमा देखिएको उत्साह सेलायो । सेलाएको यो उत्साह र ओरालो लागेको बक्सअफिसलाई अब कुन चलचित्रले तताउला ? यसै भन्न त सकिन्न किन भने सिनेमाको बिजनेस हो ।
तर, अहिलेसम्म बजारमा आएका कन्टेन जस्तै : टिजर र गीत हेर्दा र यसप्रति दर्शकले देखाएके चासो हेर्दा सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना छ । जाडोसँगै चिसिएको नेपाली चलचित्रको बजारलाई गर्मी सुरु भएसँगै आउने ‘लाज शरणम्’ कात्तिक अगाडिकै बजारमा फैल्याउने स्वयं लाज शरणको टिमको विश्वास छ ।
चलचित्र ‘लाज शरणम्’को टिमले यतिबेला गरिरहेको आक्रामक प्रचार, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत र टिजरमा देखिएको प्रोडक्सन भ्यालुले यो चलचित्रले बजार फर्काउने विश्वास गर्न सकिन्छ ।
चिनिएका फेस जस्तै : सिताराम कट्टेल ‘धुर्मुस’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘बले’, सागर लम्साल ‘बले’लगायत कलाकारका कारण पनि यो चलचित्र दर्शकको रोजाइमा पर्नसक्छ । बालेनको गीतले ‘लाज शरणम्’लाई ती आम दर्शकसम्म पुर्याएर थप हाइप बढाएको छ । यसले पनि दर्शकलाई हलसम्म तान्न सहयोग गर्नेमा निर्माणपक्ष ढुक्क छ । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् । ‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुस, विजय, अर्जुन, सागर, हरिष र प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।
‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_uYHhe7DUvV_8vph27b7kpfj4szdz9kmn7y65awxdurakzedykzsi9nfsmsmetkbb3ftjjk5.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_EfqutuwhGh_iwz7u8jhsav5mc9sgilsdwvehswtvozzn17sdkmwy70t9jbxoue1ofwg3rir.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_9DzqhZAPwq_ya5z12skgesqxsfsnwo06hofikfdac6xace2ryphd9mc51xol5th9kczbwxa.jpg)
‘वसन्त’ को टिजर ‘मिलनको कविता’ सार्वजनिक
_pDyAinwWYa_ouvdcs333bfdxlezjwlniiudx42fjtn92culbaaw0wamtgna8renyhxup2li_Z8pErivhFK_iibdfou2eln2qxkjgf5rirtvfyurmftolmn3l5zyxpw9yoqh10vzxkc9x58k.jpg)
प्रतिक्रिया