प्रचण्डले भने - एमाले र माओवादी पार्टी एकताबाट पछि हट्दैनन्

 चितवन। पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबाट एमाले र माओवादी पछि हट्ने ठाउँ नै नरहेको वताएका छन् ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अब कसैले रोकेर नरोकिने भन्दै दाहालले कति पनि भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे ।

आज साँझ भरतपुर महानगरपालिका–१८ मा आयोजित चुनावी अभियानका क्रममा नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने , 'हामी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन, पार्टी एकता संयोजन समिति बनाएर मात्र चुनावी तालमेलको छलफल थालेका हौँ ।

प्रचण्डले  आफ्ना सन्ततिहरूको भविष्य निर्माणको सवाल भएकाले यसलाई पार्टीगत सङ्कीर्णताभन्दा माथि उठेर हेर्न कार्यकर्तालाई आग्रह गरे । पुत्र शोकमा परेका प्रचण्डआजदेखि पुनः चितवन क्षेत्र नं ३ को चुनावी अभियानमा सरिक भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित