कवाडीको मूल्यमा एनसेलका उपकरण बिक्री, करोडौं घोटला

ncellexकाठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलभित्रको विवाद र भ्रष्टाचारका फेहरिस्त एक पछि अर्को गर्दै खुलासा भइरहेका छन् । कम्पनीले तिर्नुपर्ने लाभकरको विषयमा कर विवादमा तनिएको एनसेलका केही कर्मचारीहरु भने यतिबेला स्वार्थपूर्ति गर्न लागि परेका छन् । एनसेलमा समान खरिद विक्रीमा हुँदै आएको ठूलो चलखेलका बारेमा एनसेल व्यवस्थापन भने थाहा पाएर पनि अनभिज्ञ भएर बसेको छ ।

  करोडौं मूल्यका दुरसञ्चार उपकरण बिक्री गर्ने भनेर विभिन्न पत्र पत्रिकामा सूचना प्रकाशित भएकोमा बिक्री शाखाका कर्मचारीको मिलेमतोमा आफ्नो स्वार्थ अनुसार लाभ हुनेगरी कवाडीको मूल्यमा बिक्री गरिरहेका छन् । केही समय अघि श्री इन्टरप्राइजेजका बानियाँ थरका एक ब्यापारीले एक करोड ६४ लाख बराबरका समान उठाएर पैसा भुक्तानी समेत नगरेको रहस्य खुलेको छ ।

  एनसेलमा यति ठूलो भष्टाचार हुँदा समेत एनसेल व्यवस्थापन यो बिषयमा किन अनभिज्ञ बनिरहेको छ ? कवाडी बेचबिखनलाई एनसेलका केही कर्मचारीले आफ्नो व्यापार झैं बनाएका छन् । ब्यापारी छनोट गर्ने कर्मचारीले कमिसन पाउने गरेको खरिद शाखाका एक कर्मचारी बताउँछन् । केही समय अघि मात्रै कम्पनीबाट बिदा भएका एक कर्मचारीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि एनसेलको लाभकर विवादमा कानमा तेल हालेर बसेका कारण एनसेलले भित्र जति ठूलो भ्रष्टाचार भए पनि कतैबाट पनि छानविन हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित