प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा
%2520(3)_Moo8yiM1ev_8vn77kfntcx5ubboq9lhn77rbely2k8kab0gn1ovw6pcwq95kpswmtpc62yd_LrRYl6aCjy_wsglfr3ed6awcnfbgqqoynjjsytylsdydohsziqexqu0ndchkxfu9mdnoghc.jpg)
काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा आएको छ । केही समयअघि ग्लोबल लन्च गरिएको यो गाडी नेपाल भित्रिएको हो । नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो गाडी बुधबार विशेष कार्यक्रमकाबीच नेपाल भित्र्याएको हो ।
कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । त्यस्तै प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटरसम्मको छ ।
गाडीमा नयाँ पुस्ताको सर्ट ब्लेड ब्याट्री प्रविधि जडान भएको छ, जुन यसअघिको एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको बताइन्छ । यसमा विन्डशिल्ड हेड–अप डिस्प्ले र फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा पनि छन् । यसमा प्रयोग भएको १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणालीले सवारीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्नसक्ने कम्पनीको भनाइ छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_abC2gVAqg5_htwtkoziwv8oi0aepzemvkuisolz1u2pkeh39usxbqtkcmfezhgguobf91dy.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_BosGJVABn8_2mwp29jtaztzl7ckjaohb7mkprnmwvixqtzmumevyjgxuzsce30omgzph3no.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_wdEPeTcHBB_jji1z8jxwd3q7ttzk55ultcs8b0cexdhoh0pjyruenoogvoepdrlgxuy4tlp.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_jCindGJZHc_nq8j4rvlbpyfzenqnsno8tlqhnjogzab07igzcfd6barbrl8ikguxqgbxe0o.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_vfFBKpXWgl_m0t4c6iw0edm9ynwx0wrx7mtz7yclf1bldndiklidm2pdcrxhabbu1o69fqw.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया