राष्ट्रिय सम्मानका साथ वरिष्ठ संगीतकार गुरुङको अन्त्येष्टि

ambarकाठमाडौं संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलको प्रस्तावमा प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रिय सम्मान दिन लागिएको हो । मन्त्री पोखरेलका अनुसार गुरुङलाई थप के के सम्मान दिने भन्ने बारे भने भोलि बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने छ । मन्त्री पोखरेलका अनुसार नेपाल प्रहरी र सैनिक टुकडीले सलामी दिने छ ।

गुरुङको आज बिहान २ बजेर ३७ मिनेटमा उपचारको क्रममा मृत्यु भएको थियो । अहिले उनको शवलाई प्रज्ञा भवन कमलादीमा श्रद्धान्जलीको लागि राखिएको छ ।राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा निधन भएको हो । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो सोमबार अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो । र, आइतबार रातिबाट भेन्टिलेटरमा राखिएको थियो । गुरुङको जन्म विसं १९९४ साल फागुन १४ गते (सन् १९३८ फेब्रुअरी २६) मा भारतको दार्जीलिङमा भएको थियो । गुरुङलाई श्रद्धान्जलीको लागि कमलादी ल्याइएको छ । गुरुङलाई श्रद्धान्जली दिनको लागि प्रज्ञा भवनमा आफ्ना, आफन्त, शुभचिन्तक, कलाकार तथा नेताहरुको उपस्थिति रहेको छ । मंगलबार बिहान ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका संगीतकार अम्बर गुरुङलाई अस्पतालबाट अन्तिम श्रद्धान्जलीका लागि अस्पतालबाट ९ बजेर ५५ मिनेटमा प्रज्ञा प्रतिष्ठान कमलादी ल्याइएको हो । उक्त साइत बौद्ध गुरुहरुले निकालेका हुन् । नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति रहेका गुरुङको पार्थिव शरिरलाई आज ३ बजेसम्म श्रद्धान्जलीको लागि प्रज्ञा भवनमा राखिने भएको छ । उनको पार्थिव शरिरलाई तीन बजेपछि हिन्दु धर्म अनुसार नै पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरिने उनका माइला छोरा राजु गुरुङले बताए ।

प्रतिक्रिया

सम्बन्धित