एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
मकवानपुर ।
चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाईज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
चर्च ब्वाइजको जीतमा विदेशी आर्मण्डले खेलको दोस्रो हाफको २८ औं र ३२ औँ मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औं मिनेट गोल गरे । एपीएफका लागि बुद्धिमान राइले खेलको पहिलो हाफको ३६ औं मिनेटमा र हरि कार्की दोस्रो हाफको ४३ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोलि बनेको छ ।
प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोलि त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । एपीएफ गत संस्करणको उपविजेता टोलि हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोलि हो । गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि शनिबार मछिन्द्र फुटबल क्लब र थ्रीस्टार बीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।
तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली
महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै
भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती भिड्दै
प्रतिक्रिया