राजिनामा स्वीकृत भएकी कोइराला किन एनसेलमै बस्न खोज्दैछिन ?

sanjuकाठमाडौं । लामो समय देखि मोवाइल सेवा प्रदायक कम्पनी एनसेलमा कर्पोरेट संबाद बिभाग निर्देशकको रुपमा कार्यरत सञ्जु कोइराला एनसेलबाट विदा हुने भएकी छन् । गत १५ मे मा एनसेलले जारी गरेको बिज्ञप्तिमा कोइराला केहि दिनपछि एनसेलबाट बाहिरिने उल्लेख गरिएको थियो । कोइरालाको राजिनामा जुन १ अर्थात जेठ १९ बाट लागु हुने गरि स्वीकृत भइसके पनि उनी अझै एनसेलको नयाँ लगानीकर्ता एक्जिएटालाई फकाएर काम गर्ने सोचाइमा रहेको एनसेल स्रोत बताउँछ । कोइरालाको राजिनामा एनसेलको मानव संशाधान विभाग प्रमुखले स्वीकृत गरिसकेका छन् ।

स्वास्थ्यको कारण देखाउँदै विभिन्न मितिमा बिदामा बसेर कोइरालाले एनसेल छोड्ने निर्णय गरेपनि पुनः एनसेलमै बस्ने इच्छा देखाएपछि एनसेलका कर्मचारीहरुले आश्चर्य व्यक्त गरेका छन् । एनसेलका एक कर्मचारीका अनुसार विगत देखि नै आफूले एनसेलको नेपाली मिडियामा राम्रो सम्बन्ध बनाएको र एक्जिएटाले पनि मौका दिएको खण्डमा त्यस्तै सम्बन्ध विस्तार गरिदिने आग्रह गरेर पुनः एनसेलमै बस्न चाहेकी छन् ।कान्तिपुर मिडिया समूह हुँदै एनसेलमा प्रवेस गरेकी कोइरालालाई कुनै समय हेल्लो मोबाइल नामक कम्पनीले सञ्चार प्रबक्तामा पनि नियुक्त गरेको थियो ।

तर, पछि एउटै व्यक्ति दुईवटा कम्पनीमा कार्यरत हुँदा  कम्पनीलाई असर पर्ने भन्दै टेलियासोनेरा हालको टेलिया कम्पनीले यो निर्णय फिर्ता लिएको थियो । केहि समय पहिले उनले टेलिया कम्पनी मातहत अरु देशमा सञ्चालित मोबाइल कम्पनीमा पनि काम गरेकी थिइन । विदेशमा बस्दा खासै उपलब्धि नभएपछि उनी पुनः नेपाल फर्केर एनसेलमा आबद्ध भएकी हुन् । एनसेलकी दोहोरो नागरिताधारी निर्देशक सोमा थापाको समाचार विभिन्न पत्र पत्रिकामा आउँदा समेत कोइरालाले नेपाली मिडियामा राम्रो सम्बन्ध रहेको भन्दै ढाकछोप गर्ने प्रयास गरेकी थिइन । विभिन्न विवादका बीच लामो समयसम्म एनसेलमा बिताएकी कोइरालाले किन राजिनामा दिइन भन्ने कुरा अहिले सम्म प्रस्ट हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित