वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै
एजेन्सी ।
इजरायलले कब्जा गरेको वेस्ट बैंक पछिल्लो समय युद्ध मैदानका रुपमा परिणत हुँदै गएको छ । संयुक्त राष्ट्रका अनुसार सामान्य प्यालेस्टाइनीहरू सबैभन्दा बढी पीडित छन् । ‘वेस्ट बैंकले गाजा युद्धको डरलाग्दो फैलावटबाट गुज्रिरहेको छ,’ प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघका कमिश्नर जनरल फिलीप लाजारिनी भने ।
पाँच हप्ता अघि इजरायली सेनाको कारबाही सुरु भएदेखि बालबालिकासहित ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको लाजारिनीले बताए। करिब ४० हजार बढीले घर छाडिसकेका छन् । पाँच हजार बढी विद्यार्थी प्रभावित भएका छन् । त्यस्तै बिरामीहरूले स्वास्थ्य सेवामा पहुँच पाएका छैनन् भने परिवारहरू पानी, बिजुली र अन्य आधारभूत सेवाहरूबाट बञ्चित भइरहेका छन् ।
जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू खाली गराइएको छ र सैन्य कब्जामा रहेका छन् । (सीसीटीभीप्लस)
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने
अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार
अमेरिकामा अर्का नेपाली मृत फेला
लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा
अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक
मनिषा कोइरालाले हङकङमा महिला दिवस मनाउने
प्रतिक्रिया