महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै
काठमाडौं ।
चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ ।
युगाण्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् ।
यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ ।
नेपालले अर्को खेल फागुन २८ गते, नामिबिया, फागुन २९ मा युगाण्डा र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली
भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती भिड्दै
प्रतिक्रिया